तामाकोशीमा भइरहेको ढिलाइप्रति संसदमा ध्यानाकर्षण

काठमाडौँ, भदौ १२ गते । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भइरहेको ढिलाइप्रति प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ ।

बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेपाली काङ्ग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको तर केही महत्वपूर्ण काम बाँकी छ भन्दै ढिलाइ गरिएकामा गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “आयोजना यो वा त्यो बहानामा विलम्ब नगर्न म सरकारको ध्यानाकर्षण गराउँछु ।”

उहाँले स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनामा भइरहेको ढिलाइले लागतसमेत बढेको छ भन्दै किन त्यस्तो भएको हो भनी प्रश्न गर्नुभयो ।

नेकपाका वसन्त नेम्वाङले सरकारले चालू आवभित्र देशका ४० जिल्लालाई पूर्णरुपमा विद्युतीकरण गर्ने भनी ल्याएको योजनालाई सहज रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उज्यालो नेपाल निर्माणको दीर्घकालीन लक्ष्यसहितको कार्यक्रम अगाडि सारेकामा धन्यवाद दिँदै उहाँले त्यसको प्रभावकारी कार्यान्वयनको माग गर्नुभयो ।

देशव्यापी रुपमा विद्युत्भार कटौतीको अन्त्य गरिएपछि विद्युत्को खपत दरसमेत बढेको छ भन्दै देशव्यापी रुपमा पूर्णरुपमा विद्युतीकरण गर्ने गरी अगाडि सारिएको कार्ययोजनाको कार्यान्वयनपछि त्यसले अर्थतन्त्रमा समेत सकारात्मक पार्ने भनाइ उहाँले राख्नुभयो ।

सांसद नेम्वाङले सबै नेपाली जनताको घरघरमा उज्यालो पु¥याउने प्रधानमन्त्री केपी शर्मा ओलीको सपनालाई पूरा गर्नका लागि भइरहेको प्रयासलाई सबै क्षेत्रलाई साथ र सहयोग उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले शुरु गरेको योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्न आफूहरुको पनि साथ सहयोग रहने बताउनुभयो ।

नेकपाका विन्दा पाण्डेले नागरिकतासम्बन्धी विधेयकलाई यही अधिवेशनबाट पारित गर्न सदनको ध्यानाकर्षण गराउनुभयो । उहाँले चालू अधिवेशनमा सो विधेयक पारित हुन नसके त्यसबाट प्रभावित हुने नागरिकका लागि शिक्षा र स्वास्थ्य पेशा व्यवसाय सहज बनाउनका लागि वैकल्पिक व्यवस्था गर्न माग गर्नुभयो ।

सोही दलका हृदयेश त्रिपाठीले पनि राज्य व्यवस्था समितिमा लामो समयदेखि नागरिकतासम्बन्धी विधेयकमाथि छलफल भए पनि कुनै निष्कर्षमा पु¥याउन नसकेका कारण समस्या पैदा भएको गुनासो गर्नुभयो ।

‘चक्रपथमा यमराज’

बैठकमा राजधानीको चक्रपथमा पैदल यात्रुका लागि सडक वारपार गर्न जेब्रा क्रसिङ नभएका कारण नागरिकको ज्यान जाने गरेको भन्दै सदन र सरकारको ध्यानार्षण गराइएको छ ।

नेकपाका विरोध खतिवडाले चक्रपथमा जेब्रा क्रसिङ नभएका कारण पैदल यात्रुले अनाहकमा ज्यान गुमाउनु परिरहे पनि सरकार र सम्बद्ध निकायले ध्यान नदिएको भनी गुनासो गर्नुभयो । “अभिभावकले यमराज देखाउन भन्दै आफ्ना बालबालिकालाई चक्रपथमा ल्याएर टिपरलाई देखाउने गरेका छन् । टिपर आतङ्कका कारण मासिक रुपमा सात जनाको ज्यान जाने गरेको छ तर सरकारले टिपर व्यवस्थापनमा ध्यान दिएको छैन”, उहाँले भन्नुभयो, टिपरको बोलाहा दौडाइ रोक्न तत्काल कदम चाल्नुप¥यो ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter