प्रधानमन्त्रीले नियमित कामलाई निरन्तरता दिन सक्नु हुन्छ: चिकित्सक सिंह

काठमाडौँ, भदौ २० भदौ । सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गरि फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको नीजि चिकित्सकले बताउनुभएको छ ।

एक विज्ञप्ति प्रकाशित गर्दै डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री अब आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्षम रहेको समेत स्पष्ट पार्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई बैज्ञानिक प्रविधिबाट हटाउने प्रक्रिया नेशनल युनिभर्सिटी अस्पताल (एनयुएच)मा पूरा भएको बताउनुभयो । प्रधानमन्त्री ओली मिर्गौलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस) बाट उपचारको लागि ओली गत ५ भदौमा दोस्रो पटक सिंगापुर जानुभएको थियो ।

यसअघि प्रधानमन्त्री ओली १८ साउनमा पनि स्वास्थ्य उपचारका लागि सिंगापुर गएर साउन २७ गते फर्कनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter