प्रचण्ड–बाबुराम सार्बजनिक भएको स्थानमा बन्यो ‘ट्रि हाउस’

शिवकुमार काशी / हेटौँडा, असोज ४ गते । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई भूमिगत जीवनबाट सार्वजनिक भएको स्थानलाई पर्यटकीय हिसावले विकास गर्ने तयारी गरिएको छ ।

लामो समय भूमिगत र सशस्त्र राजनीति गरेका तत्कालीन माओवादीका शीर्ष नेताहरू जनतामाझ सार्बजनिक भएको मकवानपुरको मनहरी गाउँपालिका वडा नं १ स्थित भोर्लेटाँडीस्थित आँपबगैचालाई पर्यटन पार्कको रुपमा विकास गर्न लागिएको हो ।

मनहरी गाउँपालिकाले भोर्लेटाँडीमा युवाहरुको सक्रियतामा ट्रि हाउस (रुखमै कटेज) निर्माण गरी पर्यटन पार्क बनाउने लक्ष्यसहित बजेट बिनियोजन गरेको हो । चालू आर्थिक बर्षमा कार्यान्वयन हुने गरी ट्रि हाउस निर्माण गर्न पाँच लाख रुपियाँ बजेट बिनियोजन भएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।

मकवानपुरको सदरमुकाम हेटौँडाबाट १३ किलोमिटर दक्षिणतर्फ रहेको चुर ेक्षेत्रमा पर्ने आँप बगैचा ४८ बिगाह क्षेत्रमा फैलिएको छ । सोही बगैचामा तत्कालीन नेकपा माओवादीका अध्यक्ष दाहाल, भट्राई, बर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन सहितका नेताहरू सार्बजनिक हुनुभएको थियो ।

भूमिगत राजनीतिबाट सार्बजनिक राजनीतिमा आउने क्रममा उहाँहरुले आँप बगैचामा अस्थायी शिविर खडा गरी जनतासँग साक्षात्कार गर्नेगर्नुभएको थियो । जनमुक्ति सेनाको नियन्त्रणमा रहेर आँप बगैचामा दाहालसहितका नेताहरुले २२ दिन बसेर काठमाडौँमा सार्बजनिक हुनका लागि आन्तरिक तयारीसहित नजिकका विद्यालय तथा सार्बजनिक स्थलहरुमा पुगी सम्बोधन गर्नुभएको थियो ।

२०६२ सालमा तत्कालीन शीर्ष नेताहरू आएर शिविर खडा गरी बसेको आँप बगैचालाई पर्यटकीय क्षेत्र बनाउनका लागि गाउँपालिकासमक्ष माग गरिएको स्थानीय युवा अबिनाश लामाले बताउनुभयो ।

उहाँका अनुसार तत्कालीन अध्यक्ष प्रचण्डले आँपको रुखमा रेडियो झुन्डाएर समाचार सुन्ने र अढेस लगाएर बस्ने गरेको आँपको रुखमा कटेज (ट्रि हाउस) बनाउने योजना छ । यसका लागि केही कामहरू पनि अघि बढाइसकिएको छ । अन्य रुखहरुमा केही कटेजहरु निर्माण गरी आराम कक्ष र रेस्टुरेन्ट निर्माण गरी पर्यटकहरुलाई गाउँ भित्र्याउने काम अघि बढाइएको अबिनाशले बताउनुभयो । ‘ट्रि हाउसहरु निर्माण भइसकेपछि प्रचण्डलाई ल्याएर एकरात त्यही घरमा सुताउने योजना राखेका छौँ ।’, अबिनाशले भन्नुभयो ।

सरकारले सन् २०२० लाई भ्रमण बर्ष घोषणा गरी पर्यटक भित्र्याउने अभियानलाई तीब्रता दिइरहँदा शीर्ष नेताहरु सार्बजनिक भएको स्थानलाई पनि पर्यटन पार्कको रुपमा विकास गर्ने लक्ष्यका साथ बजेट बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष उप्रेतीको भनाइ छ । ट्रि हाउस, रेस्टुरेन्ट संचालन, पैदलमार्ग लगायत भौतिक संरचनाहरु निर्माण गर्न सकेमा पर्यटन विकासमा उल्लेख्य योगदान हुने उहाँले बताउनुभयो । ट्रि हाउससहितको पार्क निर्माणका लागि प्रदेश सरकारसहित निकायहरुसँग पनि समन्वय गरिने उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter