उपनिर्वाचनकाे कार्यान्वयन चरण सुरु

काठमाडौँ, कात्तिक २० गते । निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचनका सम्पूर्ण तयारी पुरासँगै कार्यान्वयन चरण सुरु भएको स्पष्ट पारेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि कात्तिक २१ र स्थानीय तहका लागि २७ गते मनोनयन दर्ताका लागि समय तोकिएको छ ।

आयोगले बुधबार पत्रकार सम्मेलनगरी दिएको निर्वाचन कार्यक्रमअनुसार, कात्तिक २२ गते उम्मेदवारको सूची प्रकाशन, २२ गते उम्मेदवारको बिरोधमा उजुरी दिने तालिका रहेको छ । यस्तै, कात्तिक २४ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशनगरी २५ गते निर्वाचन चिह्न प्रदान गरिने जनाइएको छ । त्यस्तै, स्थानीय तहका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता कात्तिक २७ गतेका लागि तोकिएको छ ।

कात्तिक ३० गते अन्तिम नामावली प्रकाशनपछि मंसिर १ गते उम्मेद्वारलाई चुनाव चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, प्रतिनिधिसभाको एक, प्रदेश सभाको तीन, स्थानीय तहको प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडा अध्यक्ष ४३ गरी ३७ जिल्लाका ५२ स्थानमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकिएका छन् ।

आयोगका अनुसार, उपनिर्वाचनका लागि आयोगमा नयाँ दर्ता भएका १६ दलसहित उपनिर्वाचनमा १०१ राजनीतिक दलले भाग लिन सक्ने गरी आयोगले निर्वाचन चिह्हको विवरण सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा ९५ दलले र स्थानीय तहको सदस्यको पदमा ७८ दलले उपनिर्वाचनमा भाल लिन सक्ने आयोगले जनाएको छ । आयोगका अनुसार, २०७४ सालको निर्वाचनपछि उपनिर्वाचन हुने क्षेत्रमा १६ हजार २१९ नयाँ मतदाता थपिएका छन् ।

अन्तिम मतदाता नामावलीअनुसार उपनिर्वाचनमा सहभागी हुने मतदाताको संख्या चार लाख ५४ हजार ११४ रहेको छ । निर्वाचन आचारसंहिता विपरित सरकारले नियुक्ति गरेको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचन आचारसंहिता कार्यान्वयनको विषयमा राजनीतिक दलका नेताहरुलाई आयोगले सचेत गराइसकेको भन्दै यो नैतिक प्रश्न भएको बताउनुभयो । नियुक्तिका विषयमा आयोग गम्भीर भएको समेत उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उननिर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पुरा भएको जानकारी दिनुभयो । उहाँले उपनिर्वाचनको राजनीतिक महत्व ठूलो रहेको चर्चा गर्दै निर्वाचनका सम्बन्धमा विगतमा उठेका सवाललाई केही न केही यसपटक सुधार गर्ने प्रयास गरिएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter