नेपाल लगानीका निम्ति उपयुक्त स्थल: उपप्रधानमन्त्री पाेखरेल

काठमाडौँ, मंसिर ३ गते । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल लगानीका निम्ति उपयुक्त स्थल भएको बताउँदै जलविद्युत्, कृषि, पर्यटन, सेवा र औद्योगिक क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

संयुक्त अरब इमिरेट्सको दुबईमा सोमबार त्यहाँका उद्यमी–व्यवसायीसँग आयोजित भेलामा उपप्रधानमन्त्री पोखरेलले नेपालमा वैदेशिक लगानीकर्तालाई कुनै किसिमको समस्या नभएको र त्यसको प्रतिफल सजिलै लगानीकर्ताले लैजान पाउने कानूनी व्यवस्था रहेको जानकारी दिनुभयो ।

चीन र भारतको बीचमा अवस्थित नेपाल बजार विस्तारका दृष्टिले उपयुक्त भएको बताउँदै उहाँले द्विपक्षीय सहयोगका माध्यमबाट नेपालमा उत्पादित वस्तु ती दुवै देशमा निर्यात गर्न सक्ने प्रशस्त सम्भावना रहेको जानकारी दिनुभयो ।

लगानीको वातावरण बनाउन सरकारले कर, आयकर, अन्य आम्दानीमात्र नभई एकद्वार प्रणालीमार्फत सरल र सहज ढङ्गले सेवा प्रवाहको व्यवस्था मिलाएको जानकारी दिँदै उहाँले विशेष आर्थिक क्षेत्रको सुविधासमेत भएकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।

नेपाल र युएईको अर्थतन्त्र निर्माणमा दुई लाख ५० हजारभन्दा बढी नेपालीले योगदान गरेका भन्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल र युएईबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध कायम भएयता दुवै देशले अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चमा साझेदारी गर्दै आएका बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter