बजार पाउँदै बागलुङको किबी

गलकोट, मङ्सिर २९ गते । अन्य जिल्लामा किबीखेतीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला बागलुङमा उत्पादन भएको किबी भने जिल्ला बाहिर निर्यात हुन थालेको छ ।

बागलुङ जिल्लाको निसिखोला गाउँपालिकामा उत्पादन भएको किबी बुटवल, पोखरालगायतका स्थानमा निर्यात भइरहेको छ । विदेशमा समेत प्रशस्तरुपमा उत्पादन हुने किबी महङ्गो फलमध्येको पर्दछ ।

निसिखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्तीले पाँच वर्ष पहिले व्यावसायिक रुपमा गर्नुभएको किबीखेतीले अहिले उत्पादन दिन थालेपछि बजार पठाउन भ्याइनभ्याइ छ । घर्तीले यही याममा मात्र रु तीन लाख बराबरको किबी बजारमा बिक्री गरिसकेको बताउनुभयो ।

‘‘उत्पादन भए बजारीकरणको समस्या छैन,’’ राष्ट्रिय किसान समूह महासङ्घका जिल्ला अध्यक्षसमेत रहनुभएका घर्तीले भन्नुभयो, “बुटवल र पोखरा मात्रै ८०० केजी किबी पठाए ।” उहाँले अहिले पनि गाउँघरमा पाकेको किबी बिक्री वितरण गरिरहेको बताउनुभयो ।

घर्तीको बारीमा अहिले १२ रोपनी क्षेत्रफलमा नयाँ तथा पुरानो गरी ९६ वटा किबीका बिरुवा छन् । एक बिरुवाबाट ७० केजीदेखि १२० केजीसम्म किबी उत्पादन हुने घर्तीको भनाइ छ । ‘‘अहिले चार रोपनी क्षेफलमा किबीखेती विस्तारमा लागिरहेको छु’’ उहाँले भन्नुभयो । एकै बिरुवाले उत्पादन धेरै दिने भएका कारण बलियो थाँक्रो आवश्यक पर्ने खत्रीको अनुभव छ ।

उत्पादन गर्न सके बजारको समस्या नभएको घर्तीको भनाइ छ । व्यावसायिक खेतीसँगै उत्पादन र बजारीकरणमा आफूले पनि विभिन्न ठाउँको बजार सम्भाव्यता अध्ययन गर्ने र समन्वय गर्ने हो भने किसान मर्कामा पर्नसक्ने जोखिम निकै कम भएको उहाँको अनुभव छ ।

घर्तीले व्यावसायिक रुपमा केरा र ओखरखेती थाल्नु भएको छ । किबीलाई बुटवल र पोखरामा प्रतिकेजी रु ५०० मा बिक्री गरेको उहाँ बताउनुहुन्छ । घरबाट भने रु ४५० मा बिक्री गरेको घर्तीको भनाइ छ ।

अझै एक लाख बराबरको किबी बिक्रीका लागि तयारी भइरहेको उहाँको भनाइ छ । किबीखेती विस्तारका लागि रु १८ लाख लगानी गरिसक्नुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter