बालबालिका लक्षित कार्यक्रम प्रभावकारी : प्रधानमन्त्री ओली

काठमाडौँ, पुस १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका बालबालिका लक्षित कार्यक्रमहरु प्रभावकारी भएको बताएका छन् । बुधबार राजधानीमा भएको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा उनले यस्तो बताएका हुन । सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने, गरिब र साहाराबिहिन बालबालिकाहरुको अभिभावकत्व लिने कार्यक्रम प्रभावकारी रुपमा अगाडी बढेको उनले बताए ।

‘बालबालिका जन्मेपछि ६ महिनादेखी, सुनौला हजार दिन र पोषण अभियानका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा आएका छन् । जसबाट बाल मृत्युदर घटेको छ’, उनले भने । ‘जन्म लिन नै नपाई हुने मृत्यु हुने अवस्था आउन नदिन दुर्गम ठाउँबाट हेलिकप्टरबाट पनि प्रजननकालागि स्वास्थ्य संस्थामा लैजाने गरिएको छ ।’

योग्य नागरिक उत्पादनका लागि बालबालिकाको शिक्षा, स्वास्थ्यका क्षेत्रमा अघि सारेका योजनाहरु पनि प्रभावकारी भएको उनको भनाई थियो । प्रधानमन्त्री ओलीले जन्मिनु भन्दा पहिलेदेखि अस्पताल लगेर जन्म दिएमा पुरस्कार दिने जस्ता कार्यक्रमले पनि सरकार बालबालिकाप्रति कति जिम्मेवार छ भन्ने कुरा प्रमाणित हुने बताए ।

प्रधानमन्त्री ओलीले बालबालिकाहरुले राजनीतिका विषयमा चासो राख्नु पर्ने बताए । विद्यार्थीहरु राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने ‘विद्यार्थीहरु राजनीतिमा आउनुपर्छ भनेर म भन्दिन तर आफ्नो सामान्य ज्ञानका लागि देशमा के भइरहेको छ । कस्तो भइरहेको छ भन्ने कुरा थाहा पाइराख्नुपर्छ ।’’

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter