भूमि सम्बन्धी समस्या समाधान आयोग गठन; वायु सेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

काठमाडौँ, वैशाख ३ गते । काठमाडौँ, वैशाख ३ गते । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग, २०७६ गठन गरेको छ । देवी ज्ञवालीको अध्यक्षतमा बुधवार आयोग गठन गरिएको हो ।

आयोगको सदस्यहरुमा भिमबहादुर कार्की(पोखरा), जगत देउजा (सिन्धुपाल्चोक), मञ्जली शाक्य ललितपुर) र दिनेशचन्द्र यादव (बाँके) हुनुहुन्छ । अध्यक्ष ज्ञवाली चितवन महानगरपालिका मेयर रेणु दाहालसँग पराजित हुनुभएको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याललका प्र्रेस संयोजक देविका घर्ति मगरले आयोग गठन भएको बारेमा जानकारी दिनुभएको हो ।

गत चैत ९ गतेको मन्त्री परिषद्को निर्णयअनुसार आयोग गठन गरिएको हो । भूमि सम्बन्धी ऐन (आठौं संशोधन) २०७६ मा भूमिको व्यवस्थापनका लागि आयोग गठन गरिने उल्लेख गरिएको छ । उक्त ऐनअनुसार आयोग गठन गरिएको हो ।

वायु सेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

सरकारले नेपला वायु सेवा निगमका कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाका पूर्वसचिव रहनुभएका घिमिरेलाई निगमको अध्यक्षमा नियुक्ति गरेको उच्च स्रोतले राससलाई जानकारी दिएको छ ।

तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि तीन महिनादेखि निगमको कार्यकारी अध्यक्ष पद रिक्त थियो । नवनियुक्त घिमिरेले यसअघि पनि पर्यटन सचिवको जिम्मेवारीमा रहँदा निगमको सञ्चालक समितिको अध्यक्ष बन्नुभएको थियो ।

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले नेतृत्व सम्हालेपछि निगमको व्यवस्थापन सुधारका लागि पूर्वसचिव घिमिरेकै नेतृत्वमा गत साउन २२ गते पाँच सदस्यीय निगम सुधार कार्यदल गठन गर्नुभएको थियो । उक्त कार्यदलले असोज १ गते निगम सुधारका लागि विस्तृत प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ । कार्यदलको प्रतिवेदनमा निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउनेदेखि निगमलाई पब्लिक कम्पनीकामा लैजान र सर्वसाधरणदेखि विभिन्न संस्था, निकायलाई पनि शेयर जारी गर्न सुझाएको थियो । त्यस्तै लेखा प्रणालीमा सुधार वित्तीय पुर्नसंरचना सुधार, रणनीतिक साझेदार तुरुन्तै ल्याउन, गन्तब्य विस्तारलगायत १३ वटा तत्कालीन रणनीतिको सुझाव दिएको थियो ।

घिमिरे यसअघि सञ्चार मन्त्रालयमा रहँदा नेपालको दूरसञ्चार प्राधिकरणलाई निजी क्षेत्रमा लैजान पनि भूमिका निर्वाह गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter