भरतराज गौतम संघीय संसदको महासचिवमा नियुक्त
काठमाडौं, वैशाख २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोमबार डा. भरतराज गौतमलाई संघीय संसदको महासचिवमा नियुक्त गर्नुभएको छ ।
गौतम कास्की जिल्लाको लामाचौर – ५ निवासी हुनुहुन्छ ।
प्रतिनिधिसभाका अध्यक्ष र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा गौतमलाई नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले उहाँलाई नियुक्त गर्नुभयाे ।