कोराेनाका कारण दोस्रो व्यक्तिको मृत्यु; थप ३ जनामा सङ्क्रमण पुष्टि, कुल २९५

काठमाडौँ, जेठ ४ गते । बाँकेको क्वारेन्टाइनमा मृत्यु भएको व्यक्तिमा कोरोना पोजेटिभ भेटिएसँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । याे जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको हो ।

शनिबार सङ्कलन गरिएको स्वाब परीक्षणको नतिजा कोभिड-१९ पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । आइतबार बिहान एक्कासी स्वास्थ्यावस्था असामान्य भई युवकको मृत्यु भएपछि नरैनापुर क्वारेन्टाइनमा त्रास छाएको छ ।

नरैनापुरस्थित क्वारेन्टाइनमा आइतबार २५ वर्षीय युवाको मृत्यु भएको हो । रोजगारीका लागि भारतको मुम्बइ जानुभएका उहाँ गत वैशाख ३० गते नरैनापुर आएर क्वारेन्टाइनमा बस्नुभएको थियो ।

धनकुटा र विराटनगरमा थप ३ जनामा सङ्क्रमण पुष्टि, कुल २९५ पुग्यो

पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप ३ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या २९५ पुगेको छ ।

बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे परीक्षणमा पुष्टि भएअनुसार सङ्क्रमितहरू धनकुटा निवासी ३४ वर्षीया महिला, माेरङकाे विराटनगरनिवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरूष हुनुहुन्छ । उहाँहरूकाे स्वास्थ्यअवस्था सामान्य रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter