दुई अध्यक्षको बैठक सकियो, भोलि ११ बजे सचिवालय बैठक बस्ने

काठमाडौं, भदौ १७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको बार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठक केहीबेर अघि सकिएको हो । भोलि बिहीबार ११ बजेका लागि तय भएको सचिवालय बैठक बस्ने निर्णय भएको बालुवाटार स्रोतले बताएको छ । बैठक बालुवाटारमै बस्नेछ ।

भोली बस्ने बैठकमा मुख्यतः कार्यदलले बुझाएको प्रतिवेदनमा केन्द्रित छलफल हुने बताइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साँझ सवा पाँच बजे बालुवाटार पुग्नुभएको थियो ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार भोलि बिहीबार विहान ११ बजे तय भएको बैठक सञ्चालन गर्ने दुवै अध्यक्षबीच सहमति बनेको छ । यसअघि गत शनिबार १३ गते तय भएको सचिवालय बैठक १८ गतेकालागि सारिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter