बहराइनका राजकुमारको टोली हिमाल आरोहणका लागि लुक्लामा

सन्तोष राउत / सोलुखुम्बु, असोज ८ गते । नेपालका हिमाल आरोहणका लागि नेपाल आउनुभएका बहराइनका राजकुमारको टोली बिहीबार सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आइपुगेको छ । टोलीले सोलुखुम्बुको छ हजार ११९ मिटरको उचाईं रहेको लुबुचे हिमाल आरोहण गर्नेछ । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफाको १५ सदस्यीय टोली र तीन बेलायती नागरिकको टोली लुक्ला पुगेको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख मुकेशराज दाहालले जानकारी दिनुभयो ।

राजकुमारसहितका पाँच जना हेलिकप्टरबाट लुक्ला प्रस्थान गरेका हुन् । गाइड, टोली नेता, सम्पर्क अधिकृत गरी करिब २१ जना थप टोलीमा समावेश गरेर लोबुचे हिमाल आरोहण गर्ने कार्यक्रम रहेको बताइएको छ । टोलीका अन्य सदस्य, पथप्रदर्शक तथा अन्य सहयोगी भने दुई वटा जहाजबाट लुक्ला पुगेका छन् । टोली बिहीबार लुक्ला नजिक रहेको फाक्दिङमा बस्ने बताइएको छ । नेपालमा कोरोना महामारीपछि विदेशबाट हिमाल आरोहण गर्न आएको यो पहिलो टोली हो ।

टोलीले नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति लिएको छ । पत्रकार, भिडियो ग्राफर सहितको टोली लुक्लाको मौसम खराबीका कारण फाप्लु विमानस्थलमा मौसम खुल्ने पर्खाइमा रहेको फाप्लु विमानस्थलका प्रमुख प्रकाश शर्माले जानकारी दिनुभयो । भदौ ३१ गते नेपाल आएको टोली गोकर्ण फरेस्ट रिसोर्टको क्वारेन्टिनको बसाईंपछि कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएपछि लुक्ला आएको हो । लोबुचे हिमाल आरोहणको प्रतिव्यक्ति राजस्व १२५ अमेरिकी डलर तोकिएको छ । राजकुमारको टोली सेभेन समिट ट्रेक मार्फत ११ दिनमा लोबुचे आरोहण गरी फर्किने कार्यक्रम छ । नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गरेर पर्वतारोहण गर्न विभागको निर्देशन छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter