सामाजिक सुरक्षा भत्ता लिएर वडाध्यक्ष घरघरमा

झापा, कात्तिक ७ गते। दशैंका बेला सामाजिक सुरक्षा भत्ता लिएर मेचीनगर नगरपालिका–६ का वडाध्यक्षसहितको टोली घरघरमै आएपछि वडावासी खुशी भएका छन् । दशैंको मुखमाा सामाजिक सुरक्षा भत्ता नपाएपछि अधिकांश एकल महिला र वृद्धवृद्धा चिन्तित बनिरहेको अवस्थामा वडाध्यक्ष ललित तामाङ भत्ता लिएर घरमै आएपछि नागरिक खुशी भएका हुन् ।

भत्ता वितरण गर्दा भीडभाडका कारण कोभिड –१९ को संक्रमणको जोखिम उच्च हुने देखाउँदै बैंकले सामाजिक सुरक्षा भत्ता वापतको रकम बाँढ्न नमानेपछि ७३८ जनालाई घरघरमै सेवा दिइएको हो । “अधिकांश हुने खाने भन्दा हुँदा खाने बढी छन्”, वडाध्यक्ष तामाङले उहाँले भन्नुभयो, “कोभिड –१९ को सङ्क्रमण हुने डरले घरबाट बाहिर जान सक्ने अवस्था छैन । आम्दानीको स्रोत नभएका लागि भत्ता नै दशैं खर्च हुने ठानेर घरघर पु¥याएका हौं ।”

मेचीनगरमा रहेका नेपाल बैंकका दुई शाखामध्ये धुलाबारी शाखाका चार कर्मचारी कोभिड १९ का सङ्क्रमणपछि सात दिनअघि बन्द गरिएको छ । अध्यक्ष तामाङले एकल महिला १७७, ज्येष्ठ एकल महिला १३४, ज्येष्ठ नागरिक ३८६ ज्येष्ठ दलित १२ जना, दलित बालबालिका ३ जना क र ख वर्गका अपाङ १३- १३ जनालाई चार महिना वापतको रु. ७३ लाख ६४ हजार ७५५ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter