दुई हजार ८१७ सङ्क्रमित थपिए, मृत्यु हुनेको संख्या एक हजार १०८

काठमाडौं, कात्तिक २३ गते । नेपालमा कोरोना भाइरसका दुई हजार ८१७ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा देशभरि दुई हजार ८१७ जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ । हाल ३५ हजार ४१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ५७ हजार ९२६ जना निको भएर घर फर्केका छन् । नेपालमा अहिले ८१.१ प्रतिशत निको हुने दर छ ।

देशका विभिन्न अस्पतालमा ३९८ जना आइसीयू र ८२ जना भेन्टिलेरमा रहेर उपचार भइरहेको छ ।

पछिल्लो चौबीस घण्टामा २१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १०८ पुगेको छ ।

उपत्यकामा कोरोना भाइरसका एक हजार ५३३ जना सङ्क्रमित थपिए

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ५३३ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १० हजार ४२३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा देशभरि दुई हजार ८१७ जना सङ्क्रमित थपिएको जनाएको छ ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ५३३ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ ।

हाल ३५ हजार ४१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले काठमाडौं जिल्लामा हाल १ हजार २९४ , ललितपुरमा १६२ र भक्तपुरमा ७७ जनामा सङ्क्रमित थपिएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter