एक हजार ७०३ थपिए, सक्रिय सङ्क्रमित १७ हजार २३७

काठमाडौं, मङ्सिर १२ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ७०३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २९ हजार ३४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दश हजार ४६० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७०३ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छ । हाल १७ हजार २३७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म १७ लाख दश हजार ४६० जनाको पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार २३६ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख नौ हजार ४३५ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ४३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ६०१ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter