चार हजार ७८० परीक्षण गर्दा ७१० सङ्क्रमित

काठमाडौं, पुस ४ गते । नेपालमा कोरोनाभाइरसका ७१० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५३ हजार १८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा चार हजार ७८० जनाको आरटीपीसीआर परीक्षण गर्दा ७१० जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । हालसम्म १८ लाख ६६ हजार २१० जनाको पीसीआर परीक्षण गरिएको छ । हाल आठ हजार ८४० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार १७५ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ४२ हजार ५६७ जना निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोनाभाइरसबाट एक हजार ७७७ जनाको मृत्यु दर्ता गरिएको छ ।

मन्त्रालयले हाल आठ हजार ८४० जना आइसोलेशनमा रहेको र ४२१ जना क्वारेन्टिनमा रहेको उल्लेख गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter