पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन प्रधानमन्त्रीसँग राप्रपाको माग

काठमाडौँ, पुस १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गरेको छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन–पत्र बुझाउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो माग गर्नुभएको हो ।

पुस २७ गते सरकारी बिदा दिनुको साथै सरकारी स्तरबाटै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गराउनसमेत राप्रपाले माग गरेको हो । अध्यक्ष लिङ्देनले सार्वजनिक बिदाको निर्णय नभए देशव्यापी विरोध गर्ने ज्ञापनपत्रमा उल्लेख गर्नुभएको छ ।

‘आगामी पुस २७ गते सार्वजनिक बिदा दिनुको साथै सरकारीस्तर बाटै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गराउन हुन राप्रपा सरकारसँग जोडदार माग गर्दछ’, ज्ञापनपत्रमा भनिएको छ, ‘यदि उक्त निर्णय नगरिए राप्रपाले देशव्यापी विरोध आयोजना गर्ने कुरा पनि यसै ज्ञापन–पत्र मार्फत जानकारी गराउँदछु ।’

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter