तिहारमा किसानलाई अलैंची थन्क्याउन चटारो

चन्द्र पन्दाक / ताप्लेजुङ, कात्तिक ९ गते । ताप्लेजुङका किसानलाई यतिबेला अलैंची थन्क्याउने चटारो छ । दशैँ पर्व सकिएलगत्तै यहाँका किसान अलैंची टिप्न र थन्क्याउनमा व्यस्त बनेका हुन् । यो समय अर्थात् असोज र कात्तिक महिना मुख्य मौसम भएकाले किसानलाई अलैंची टिप्न र थन्क्याउने चटारो भएको हो ।

जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैंची तल्लो औल क्षेत्रमा भदौदेखि टिप्न शुरु गरिन्छ । माथिल्लो लेक क्षेत्रमा मङ्सिर महिनासम्म अलैंची टिप्ने (सङ्कलन गर्ने) गरिन्छ । यसरी भदौ महिनादेखि मङ्सिरसम्म अलैंची थन्क्याउनलाई समय लाग्ने भए पनि अहिले मध्य अर्थात् मुख्य सिजन भएकाले किसानलाई भ्याइनभ्याई भएको छ ।

अलैँची सङ्कलन गर्ने समय भएपछि सङ्कलन गर्न ढिलो भएमा वन्यजन्तुले खाइदिने नोक्सानी गरिदिने हुँदा अलैँची खेतीमा संलग्न किसानले दशैँ तिहारजस्ता चाडपर्व सहज गरी मनाउन पाउँदैनन् । चरा, मुसा र कालाजस्ता जङ्गली जनावरले अलैंची खाएर क्षति गर्ने गर्छन् । त्यसैले चाडपर्व नभनी किसानले अलैंची थन्क्याउन व्यस्त रहन्छन् ।

अलैँचीको मुख्य सिजन भएकाले अलैँची बारी (बगान) मा नै चाडपर्व बितिरहेको फुङ्लिङ नगरपालिका –६ बिहीबारेका किसान केदार पतङ्वाले बताउनुभयो । दशैँ पर्व घरमा बसेर मनाउन पाए पनि तिहार भने अलैंची थन्क्याउने चटारोले जङ्गलमै बितिरहेको उहाँको भनाइ छ ।

यस्तै, फुङ्लिङ नगरपालिका –६ कै अर्का किसान खाङ्डो शेर्पाले पनि अलैंची टिप्न, छोडाउन र सुकाउनमा तिहार पर्व बितिरहेको बताउनुभयो । घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली जीवजन्तुले क्षति गर्ने भएपछि चाडपर्व र तिहार नभनी अलैंची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको शेर्पाले बताउनुभयो ।

जिल्लाको नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैंची खेती गर्ने गरिन्छ । जिल्लामा करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा अलैंची खेती गर्ने गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter