• Saturday, April 05, 2025

राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलन गर्ने राप्रपाको निर्णय


काठमाडौँ, चैत ५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राजसंस्था फर्काउनको लागि आन्दोलन गर्ने निर्णय गरेको छ। मंगलबार सम्पन्न कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिएका हुन् ।

आन्दोलनको कार्यक्रम तय गर्नका लागि चैत १२ गते मूल आयोजक समितिको बैठक बोलाइएको छ। सोही बैठकले आन्दोलन कार्यक्रम घोषणा गर्ने उनको भनाइ छ। चैत १२ गतेको बैठकमा धवलशमशेर राणा नेतृत्वको आन्दोलन परिचालन समितिले आन्दोलन सम्बन्धी कार्ययोजना पेस गर्नेछ।

दरबारले नवराज सुबेदीलाई आन्दोलनको कमाण्डर बनाएको चर्चा छ नि भन्ने प्रश्नमा प्रवक्ता ज्ञानबहादुर शाहीले भने, ‘कसले भनेको ? चिठीपत्र कसैले फेला पार्नुभएको छ ? अडियो, भिडियो छ ? त्यस्तो छ भने पनि मेरो जानकारीमा छैन । राप्रपालाई थाहा छैन । म त्यो समितिमा बस्दिनँ भनिसकेको छु ।’

यद्यपि, जुनसुकै शक्तिले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दा राप्रपा खुसी हुने लिङ्देनले बताएको उनको भनाइ छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter