• Sunday, March 30, 2025

क्यान्सर स्क्रिनिङ कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक : स्वास्थ्यमन्त्री

काठमाडौँ, चैत १२ गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले महिलाहरूको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक रहेको बताएका छन् । मंगलबार चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पताल र काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरभित्र सञ्चालन हुने स्क्रिनिङ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारले चालु आर्थिक वर्षभित्र ५० लाख महिलाहरूमा स्तन, पाठेघर र सर्भाइकल क्यान्सर भए/नभएको पत्ता लगाउन स्क्रिनिङ गर्ने लक्ष्य राखेको उल्लेख गरेका हुन् ।

स्क्रिनिङको कार्यक्रम स्थानीय तहसम्म पुर्‍याउन सकेमात्र यो लक्ष्य हासिल हुने उनको भनाइ छ । उनले सरकाले गएको फागुन महिनालाई स्क्रिनिङ अभियानको रूपमा सञ्चालन गरेको समेत बताए ।

उक्त अभियानमार्फत कक्षा ६ देखि १० सम्म पढ्ने ९४ प्रतिशत किशोरीहरूलाई एच.पी.भी खोप लगाइएको समेत मन्त्री पौडेलको दाबी छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय भएको उल्लेख गर्दै उनले स्थानीय तहसँग जोड्न सके मात्रै स्क्रीनिङ्ग कार्यक्रम सफल हुने बताए ।

कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले क्यान्सर लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिने कुरा सबैको प्राथमिकतामा हुनुपर्ने बताइन् । उनले महिलाको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको पहिचान गर्नको लागि काठमाडौँ महानगरपालिकाले स्क्रिनिङका कार्यक्रमहरू सञ्चालन गरिरहेको जिकिर गरिन् ।

उनले भनिन्, ‘रोग लाग्न नदिनु हाम्रो पहिलो प्राथमिकता हुनुपर्दछ । रोग लागेपछि उपचार गर्ने कुरा त छँदैछ तर महत्त्वपूर्ण कुरा रोग लाग्न नदिनु हो । महिलाको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको पहिचान गर्नको लागि काठमाडौँ महानगरपालिकाले स्क्रिनिङका कार्यक्रमहरू गरिरहेको छ । स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना, निःशुल्क रूपमा एम्बुलेन्स उपलब्ध गराउने, औषधि प्रदान गर्ने र विभिन्न ठाउँमा गएर हेल्थ क्याम्प आयोजना गर्ने कामहरू गरिरहेका छौँ । खासगरि महिलामा हुने स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको स्क्रिनिङ हाम्रो प्राथमिकतामा रहेको छ । हामीले महिला स्वास्थ्यको क्षेत्रमा काम गर्ने महिलामा समेत यस्ता लक्षणहरू देखेका छौँ ।’

नेपाल तथा विकासशील मुलुकहरूमा पाठेघरको मुखको क्यान्सरपछि महिलाहरूमा सबैभन्दा धेरै देखिने क्यान्सर स्तन क्यान्सर हो । समयमै स्क्रिनिङ गर्न नपाउँदा पाठेघरको मुखको क्यान्सरबाट बर्सेनि सयौँको सङ्ख्यामा नेपालमा महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको सरकारी तथ्यांक छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter