• Wednesday, April 02, 2025

किसानलाई गोलासहितको माहुरी घार वितरण


टोपलाल अर्याल / रेसुंगा, चैत १५ गते । गुल्मीको धुर्कोट गाउँपालिकाका सातवटै वडाका किसानलाई गोलासहितको माहुरी घार बितरण गरिएको छ । धुर्कोट कृषि तथा पशु उद्यमशीलता बिकास परियोजनाले ५० थान गोलासहितको माहुरी घार वितरण गरेको हो ।

धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा जनबिकास केन्द्रद्वारा कृषि तथा पशु उद्यमशीलता बिकास परियोजना सञ्चालनमा रहेको छ । किसान र परियोजनाको ५०–५० प्रतिशत लगानी साझेदारीमा माहुरी घार वितरण गरिएको कृषि तथा पशु उद्यमशीलता बिकास परियोजनाका संयोजक भरत भण्डारीले जानकारी दिनुभयो ।

माहुरी पालनका लागि पाइलेटिङको रुपमा माहुरी घार बितरण गरिएको भण्डारीले बताउनुभयो । उहाँले गाउँबाट बसाइँसराई कम गर्ने र युवाहरुको बिदेश पलाएन न्यूनीकरण गर्न टेवा पुग्ने विश्वास लिएको बताउनुभयो । अरु व्यावसायको तुलनामा माहुरीलाई स्याहार–सुसार कम गर्नुपर्ने भएकाले गोलासहितको माहुरी बितरण गरिएको हो ।

माहुरीको गोलासहितको प्रतिघार नौ हजार रहेको छ । धुर्कोट गाउँपालिका वडा १ देखि ६ सम्म सात–सात वटा र वडा ७ मा आठ गरेर ५० वटा गोलासहितको माहुरी घार बितरण गरिएको परियोजनाले जनाएको छ । धुर्कोट गाउँपालिका –१ का टोपबहादुर कुवंरले आफुहरुलाई घारले ठुलो राहत भएको बताउनुभयो ।

उहाँले पहिलो पटक माहुरी पालन गर्दै हुनुहुन्छ । धुर्कोट गाउँपालिका –३ की मानकुमारी श्रीसले गाउँमै व्यावसायिक माहुरी पालन गर्नुहुन्छ । पाल्पाबाट आएको माहुरीको पनि अनुभवसहित व्यावसायलाई थप टेवा दिन माहुरी घारको माग गरेको बताउनुभयो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter