• Wednesday, April 02, 2025

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्यदल बैठक पोखरामा सम्पन्न


रमेश पौडेल / पोखरा, चैत १६ गते। नेपाल र भारतको सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्यदलको १३ औँ बैठक पोखरामा सम्पन्न भएको छ।

दुई दिनसम्म संचालन भएको सो बैठकमा नेपालका तर्फबाट सहसचिव एवं गृह प्रवक्ता रामचन्द्रं तिवारी र भारतका तर्फबाट भारतीय गृहमन्त्रालयका सहसचिव निहिर कुमारको नेतृत्व रहेको थियो। सो बैठकमा दुई देशको आपसी हितको प्रवर्द्धन गर्ने सीमा पार अपराध नियन्त्रण, लागुऔषध, मानवबेचविखन, अवैद्य व्यापार, अवैद्य मुद्रा, चोरी निकासी लगायत अपराधीक क्रियाकलाप नियन्त्रण सम्बन्धी सहमति भएको गृह प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिनुभयो।

बैठकमा विपद् व्यवस्थापनको पक्षमा दुवै देशबीच सहकार्य गर्ने, सीमा क्षेत्र आसपासमा भइरहेको पूर्वाधार निर्माणमा देखिएका विवादलाई दुई पक्ष समझदारीमा अन्त्य गर्ने, सीमा स्तम्भको नियमित मर्मत सम्भार रेखदेख गर्ने, आतंकवाद नियन्त्रणका लागि सूचनाको आदानप्रदान गर्ने, सिमा क्षेत्रबाट हुुने प्रतिबन्धित औषधीको निकासी पैठारीमा रोक लगाउने, विषादीजन्य फलफूल तथा तरकारीको गुणस्तर जाँच गर्ने र जनस्वास्थ्यमा देखिएको असरलाई न्यूनीकरण गर्ने लगायतका विषयमा छलफल भएको प्रवक्ता तिवारीले बताउनुभयो।

सो अवसरमा भारतीय गृह मन्त्रालयका सहसचिव कुमारले भारत र नेपालको सम्बन्धलाई जनस्तरमा पुर्याउन मन्त्रालयस्तरमा भएको यस्ता बैठकले थप मद्दत पुग्ने बताउनुभयो। उहाँले पोखरा जस्तो सुन्दर सहरमा भएको बैठकले थप हौसला पुगेको स्पष्ट पार्दै यसले बहुपक्षीय सम्बन्ध विस्तार गर्न थप टेवा पुग्ने बताउनुभयो। उहाँले १४ औँ बैठक भारतमा गर्नेका निम्ति निमन्त्रणा दिनुभएको छ जसले सीमा सम्बन्धी मुद्दामा बलियो द्विपक्षीय सहयोगलाई प्रर्वद्धन गर्ने दुवै देशको प्रतिबद्धतालाई पुनः पुष्टि गरको बताउनुभयो।

बैठकमा नेपालका नापी, भन्सार, अद्यागमनका महानिर्देशक, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान लगायतका उच्च प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो भने भारततर्फबाट पनि सोही बमोजिमको सहभागिता रहेको थियो।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter