• Saturday, April 05, 2025

तीनकुने प्रदर्शनमा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो; तीनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय; तीनकुने घटनामा संलग्न थप ७ जना पक्राउ


काठमाडौँ , चैत २० गते । राजधानीको तीनकुनेमा शुक्रवार भएको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले ५८ राउन्ड गोली प्रहार गरेको छ । गोली चल्दा २० जनालाई लागेको प्रहरीले पुष्टि गरेको छ ।

प्रदर्शनकारी हिंसात्मक रूपमा प्रस्तुत भएपछि गोली चलाउनुपरेको प्रहरीको दाबी छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले अराजक भिडलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको बताए ।

प्रदर्शनकारीहरू विमानस्थलतर्फ अघि बढेपछि शुक्रवार दिउँसो २ बजेर ५४ मिनेटमा प्रहरीले पहिलो गोली प्रहार गरेको उनले बताए । तीनकुने घटनामा २ महिला र १८ पुरुष गरी २० जनालाई गोली लागेको उनले बताए ।

आचार्यले आन्दोलनका क्रममा जम्मा ५८ राउन्ड गोली प्रहार भएको, ७४६ राउन्ड अश्रु ग्यास र र १९२ पटक ब्ल्यांक फायर भएको उल्लेख गरे ।

प्रवक्ता आचार्यले तीनकुनेमा भेला भएका प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै संसद् भवन तर्फ अघि बढ्न खोजेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले शुक्रवार १२ बजेर ५० मिनेटमा पहिलो अश्रुग्यास प्रहार गरेको बताए ।

त्यसपछि दुर्गा प्रसाईँ नेतृत्वको भीड तीनकुनेबाट जबरजस्ती अघि बढेपछि प्रदर्शनकारी थप उत्तेजित भएको आचार्यले बताए । प्रहरीले निषेधित क्षेत्रबाट हटाएपछि तीनकुनेको मञ्चबाट दुर्गा प्रसाईँ र रवीन्द्र मिश्रले संसद् भवन, सिंहदरबार र विमानस्थल कब्जा गर्न माइकिङ गर्दै निर्देशन दिएको र प्रदर्शनकारी तोडफोडमा उत्रिएको प्रवक्ता आचार्यले बताए ।

तीनकुनेमा तोडफोड र आगलागी भएको घरमा जान नसकेपछि प्रहरीले पानीको फोहरा प्रहार गरेको र दमकल जान खोज्दा ढुङ्गामुढा समेत भएको प्रहरीले जनाएको छ ।

प्रवक्ता आचार्यले उक्त घटनापछि फरार रहेका दुर्गा प्रसाईँको खोजी कार्य जारी रहेको र हिंसात्मक गतिविधिमा संलग्नको पहिचान गरी नियन्त्रणमा लिइएको जानकारी दिए ।

तीनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय

गृह मन्त्रालयले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको थियो ।

यस्तै समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकको सोही प्रदर्शनका क्रममा भएको आगलागीमा परेर मृत्यु भएको थियो ।

दुबै जनाका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । सो रकम निकासाका लागि मन्त्रालयले अर्थलाई सिफारिस गरिसकेको छ ।

स्रोतका अनुसार मन्त्रालयले सञ्चारमाध्यमहरूमा आवश्यक सुरक्षाको प्रबन्ध गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन पनि गृहले दिएको छ । सोहीअनुसार कार्यालयले आवश्यक तयारी समेत थालिसकेको छ ।

तीनकुने घटनामा संलग्न थप ७ जना पक्राउ

गत चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा नेपाल प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।

उनीहरूलाई राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुर तथा आपराधिक उपद्रव कसुरअन्तर्गत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सात जनालाई काठमाडौँको विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिएर काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
राज्य विरुद्धको कसुर र संगठित अपराध सम्बन्धी कसुर अन्तर्गतः रुपन्देही, देबदह नपा, घर भएका वर्ष ४७ को प्रेम थापा मगर रहेका छन् ।

यसैगरी आपराधिक उपद्रव कसुर अन्तर्गतः झापा, गौरादह नपा–१ गौरादह घर भएका वर्ष २१ को समिर मगर, रामेछाप, सुनापति गापा–१ घर भएका वर्ष २२ को सुरेश गौतम, ताप्लेजुङ, फुलुङ नपा–३ घर भएका वर्ष २३ को सुशिल बराल, नुवाकोट, बेलकोटगढी नपा–७ घर भएका वर्ष २७ को रमेश राई, अछाम, पंचदेवल नपा घर भएका वर्ष २० को गोकर्ण शाही र संखुवासभा, पाचखपन नपा–२ घर भई हाल काजि कागेश्वरी मनोहरा नपा–९ बस्ने वर्ष ३९ को मुकुन्द दहाल रहेको प्रहरीले जानकारी दिएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter