सर्वदलीय बैठक : नागरिकको जीवनरक्षामा एक ढिक्का हुने

काठमाडौँ, भदौ ११ गते । सिंहदरबारमा बिहीबार बिहान बसेको सर्वदलीय बैठकले विपद् उद्धार तथा राहतलाई प्रभावकारी बनाउनेदेखि दीर्घकालीन पुनर्निर्माण र जोखिम न्यूनीकरणमा एक ढिक्का भएर लाग्ने निर्णय गरेको छ ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासी लगायतका जिल्लामा भएको मानवीय र भौतिक संरचनाको विनाशप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय हितलाई सर्वोपरी ठान्दै पुनरनिर्माण संयन्त्र निर्माण गरी उद्धार कार्यमा जुट्ने निर्णय गरेको छ ।
१० बुँदे निर्णय गर्दै सर्वदलीय बैठकले आफ्नो ज्यानको पर्वाह नगरी बाढीमा परेकाहरुको जीवन रक्षाका लागि अहोरात्र खट्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा सबै स्वयम्सेवीहरुमा धन्यवाद व्यक्त गरेको छ ।