१० हजार ४५१ जनाको उद्धार; बाढीले अवरुद्ध रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ, भदौ १५ गते । रसुवास्थित भोटकोशी नदीमा यही भदौ १० गते बिहान आएको विनाशकारी बाढीपछि प्रभावित भएका क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाली सेनाले तीन हजार ३४४ नेपाली र २५२ विदेशी नागरिकको हवाई उद्धार गरेको छ । भदौ १४ गते मात्रै हाइड्रोपावर क्षेत्रबाट १५ चिनियाँ र सात भारतीय नागरिकको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हालसम्म ४११ पटक हवाई उडान गरिएको छ । उद्धार कार्यसँगै प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएकाहरूको खोजीलाई समेत तीव्रता दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म ९०३ जनाको शव फेला परेको छ भने चार हजार २४७ जना अझै सम्पर्कविहीन छन् । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन् ।

खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा नेपाल प्रहरीका सात हजार ८९४, नेपाली सेनाका आठ हजार ७२२ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ गरी २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

प्रभावित नागरिकका लागि खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने काम पनि जारी रहेको प्राधिकरणका प्रवक्ता महतले जानकारी दिनुभयो ।

बाढीले अवरुद्ध रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन

भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ ।

जिल्लाको कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुनः सुचारु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यसैगरी गोसाईकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चे, भार्खु तथा गोसाईकुण्ड क्षेत्रमा समेत विद्युत् सेवा सञ्चालनमा आएको छ ।

बाढीबाट विद्युत् संरचनामा क्षति पुगेपछि प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाबिच प्राधिकरणका प्राविधिक टोलीले मर्मत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएका थिए ।

प्राविधिक टोलीको निरन्तर प्रयासपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएसँगै स्थानीय बासिन्दाको दैनिक जनजीवन क्रमशः सामान्य बन्दै गएको छ ।

प्राधिकरणले बाँकी प्रभावित क्षेत्रमासमेत विद्युत् सेवा यथाशीघ्र नियमित गर्न आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी काम जारी राखेको जनाएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter