पूर्व राष्ट्रपति भण्डारी अब एमालेको वरिष्ठ नेता; एमालेले गर्यो केन्द्रीय सदस्य मनोनयन (नामावलीसहित)

काठमाडौँ, असोज ८ गते । नेकपा (एमाले) को केन्द्रीय कमिटी तेस्रो बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बैठकअघि आज भएको सो पार्टीको सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारीको नाम चयन गरेको हो ।
साथै, केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पनि पारित गरेको छ। पार्टीका पूर्व उपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्यता दिने÷नदिने विषयमा आन्तरिक बहस चलेकोमा हाल सर्वम्मतिले वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको छ। एमालेका सचिव हिक्मत कार्कीले भण्डारी अब वरिष्ठ नेताको भूमिकामा रहने र उहाँको राजनीतिक तथा साङ्गठनिक अनुभवले पार्टीको आगामी कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
सचिव पद्मा अर्यालले भण्डारीजस्तो अनुभवी र सम्मानित नेतालाई सदस्यता दिइसकेपछि विशुद्ध पार्टी सदस्य बनाएर मात्रै राख्न उपयुक्त नहुने भएकाले वरिष्ठ नेताको जिम्मेवारी दिइएको बताउनुभयो। अर्का सचिव महेश बस्नेतले केन्द्रीय कमिटीको बैठक सौहार्दरुपमा सम्पन्न भएको उल्लेख गर्दै ‘नेतृत्व र पार्टीमाथि भएको हमलालाई निराश’ बनाउँदै पार्टीलाई एकताबद्ध तथा उत्साहित बनाउँदै बैठक सम्पन्न भएको जिकिर गर्नुभयो ।
असोज ५ गतेदेखि जारी केन्द्रीय कमिटी बैठक आज सकिँदैछ । केन्द्रीय कमिटीको बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित भएको थियो।
एमालेले गर्यो केन्द्रीय सदस्य मनोनयन (नामावलीसहित)
नेकपा एमालेले अन्य पार्टीबाट आएका १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
विधानमा १० प्रतिशत मनोनीत गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरु मनोनीत गरिएको हो ।
एमालेले स्थायी कमिटीमा पनि ७ सदस्य मनोनीत गरेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता बनेकी छन् ।
यी हुन् मनोनीत भएका एमाले केन्द्रीय सदस्यहरु–
काशीनाथ अधिकारी
देवराज घिमिरे
हरि रिजाल
पासाङ शेर्पा
नरेन्द्र भट्टराई
नाथुराम देवकोटा
धर्म गिरी
नारायण घर्ती
विद्यासुन्दर शाक्य
पाल्देन छोपाङ गुरुङ
शान्तिलाल महत
विनोद पाण्डे
प्रेम दङ्गाल
पुष्पराज श्रेष्ठ
विमला घिमिरे
शिवमाया तुम्बाहाङ्फे
जानुका सिंखडा
बिना बास्तोला
कौशिला खत्री
सुरेन्द्र उदास
अन्य पार्टीबाट आएकाहरू
मोहम्मद इस्तियाक राई
प्रदीप यादव
अब्दुल हुसेन
डिबी कार्की
भवानी खापुङ
दीपक साउद
जय गोदे
धर्मराज निरौला
ददी चाम्लिङ
विनोद पहाडी
रामप्रित पासवान
ध्रुव विस्ट