प्रधान न्यायाधीश र आईजीपीबिच भेटवार्ता

काठमाडौँ, असोज १३ गते । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा र नेपाली प्रहरीका आईजीपी दान बहादुर कार्कीबिच भेटवार्ता भएको छ । मंगलबार प्रधान न्यायाधीशलाई भेट्न आईजीपी कार्की सर्वोच्च अदालतमा पुगेका हुन् ।
सर्वोच्च अदालतका एक जना उच्च अधिकृतका अनुसार प्रधान न्यायाधीश र आईजीपीबिच करिब ३५ मिनेट छलफल भएको थियो । ती उच्च अधिकृतले भने, ‘छलफलको विषय हामीलाई थाहा भएन ।’
पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएर झण्डै १२ घण्टापछि रिहा गरेको थियो ।
तर, प्रहरीले उनलाई थ्रेट देखिएपछि सुरक्षाका लागी प्रहरी कार्यालयमा ल्याएको दाबी गर्दै आएको छ । सर्वोच्च अदालतको फुलकोर्टले प्रहरीको सो कदमलाई ‘स्वेच्छाचारिता’ भनेको छ ।
फुलकोर्टले जारी गरेको विज्ञप्तिपछि कार्की सर्वोच्च पुगेका हुन् । सर्वोच्च स्रोतका अनुसार प्रधान न्यायाधीश शर्मा र कार्कीबिच सो घटनाबारे छलफल भएको छ ।