नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरको उम्मेदवारी; महामन्त्रीमा ११ जनाको उम्मेदवारी

काठमाडौँ, असोज २० गते । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार मनोनयन दर्ता हुँदा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।

मनोनयन दर्ता मंगलबार साढे १२ बजेदेखि ६ बजेसम्म चलेको थियो । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुने कार्यतालिका छ।

कांग्रेस उपसभापति महिलातर्फ पुष्पा भुसालको एकल उम्मेदवारी

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि उपसभापति महिलातर्फ पुष्पा भुसालको एकल उम्मेदवारी परेको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार मनोनयन दर्ता हुँदा उपसभापति महिलातर्फ भुसालको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

मनोनयन दर्ता मंगलबार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म चलेको थियो।

उपसभापति समावेशीतर्फ ५ जनाको उम्मेदवारी

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि उपसभापति समावेशीतर्फ ५ जनाको उम्मेदवारी परेको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार मनोनयन दर्ता हुँदा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाहा मनसुर, सीता गुरुङ र रन्जित कर्णले उपसभापति समावेशीतर्फ उम्मेदवारी दर्ता गराएका छन्।

महामन्त्रीमा ११ जनाको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार मनोनयन दर्ता हुँदा महामन्त्री खुलातर्फ प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्याय तथा महिलातर्फ डा. डिला संग्रौला, डिना उपाध्याय र रीता खनालले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेस विधानअनुसार खुलातर्फ २ र महिलातर्फ १ जना निर्वाचित हुने व्यवस्था छ ।

मनोनयन दर्ता मंगलबार दिउँसो १२ बजेदेखि साँझसम्म चलेको थियो। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुने कार्यतालिका छ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter