सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने

काठमाडौँ, असोज २६ गते । नयाँ तथा पुराना सवारी साधन खरिद गर्दा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्था हटाइएको छ ।

यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गर्दै सवारी दर्ता, नामसारी र बीमासम्बन्धी प्रक्रियालाई सहज बनाएको हो ।

विभागका अनुसार यातायात व्यवस्था विभागले सोमबारको निर्णयअनुसार निर्देशिकामा केही प्रावधान संशोधन गरेको हो । संशोधित व्यवस्थाअनुसार निजी तथा सार्वजनिक सवारी साधनको पहिलो नामसारी गर्दा डिलरले यातायात व्यवस्था कार्यालयमा गरेको जाँचलाई नै मान्यता दिइनेछ । त्यसका लागि पुनः यातायात व्यवस्था कार्यालयमा उपस्थित भएर सवारी साधन जाँच गराउनुपर्ने छैन ।

त्यस्तै, सवारी साधन खरिदकर्ता स्वयं कार्यालयमा उपस्थित नभए पनि आवश्यक कागजातसहित प्रतिनिधि उपस्थित गराएर दर्ता तथा नामसारी गर्न सकिने व्यवस्था गरिएको छ । सवारी साधन बिक्री गर्ने डिलरले खरिदकर्ताको वारेसनामा, वारेसनामा प्राप्त व्यक्तिको नेपाल सरकारबाट जारी सक्कल परिचयपत्र र खरिदकर्ताको फोटोसहित प्रतिनिधि उपस्थित भएमा दर्ता तथा नामसारीको प्रक्रिया पूरा गर्नुपर्नेछ ।

नयाँ व्यवस्थाअनुसार सवारी साधनको बीमा गर्न वा बीमा नवीकरण गर्नसमेत सवारीधनी यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने छैन ।

विभागले निजी तथा सार्वजनिक सवारी साधनको नामसारी प्रक्रियालाई थप सहज बनाउन सवारी दर्ता प्रणाली (भीआरएस) मा प्राविधिक पहुँचको व्यवस्था गर्ने जनाएको छ । विभागले यससम्बन्धी सूचना जारी गरेपछि सवारी विक्रेता, वितरक वा कम्पनीले भीआरएस प्रणालीसँग आबद्ध हुन आवश्यक पूर्वाधार तयार गरी यातायात व्यवस्था कार्यालयसँग पहुँच माग गर्नुपर्नेछ ।

त्यसपछि यातायात व्यवस्था कार्यालयले एकद्वार पहुँच हुने गरी बायोमेट्रिक विवरण लिन मिल्ने प्रणालीमार्फत सम्बन्धित विक्रेता, वितरक वा कम्पनीलाई प्राविधिक पहुँच उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालले संशोधित व्यवस्थाअनुसार कार्यान्वयन गर्न सम्बन्धित सबैलाई सूचित गरेका छन्।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter