एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य

काठमाडौँ, असोज ३१ गते । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यता पाएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण र खेल सञ्चालनसम्बन्धी नियम कडा हुने भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले आज कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपिएल सञ्चालनका लागि आइसिसीको मापदण्डअनुसार आवश्यक व्यवस्था गरिने जानकारी दिनुभएको हो ।

प्रतियोगितामा सहभागी विदेशी खेलाडीले सम्बन्धित क्रिकेट बोर्डबाट नो अब्जेक्सन सर्टिफिकेट ९एनओसी० लिनुपर्नेछ भने म्याच फिक्सिङ र स्पट फिक्सिङ नियन्त्रण गर्न आइसिसीको भ्रष्टाचारविरोधी आचारसंहिता लागू गरिने उहाँले बताउनुभयो ।

“फ्रेन्चाइज क्रिकेटमा हुन सक्ने अनियमितता रोक्न आइसिसीको एन्टी–करपशन युनिट ९एसीयू० का नियमहरू कडाइका साथ लागू गरिनेछ । नेपालको कानुन र आइसिसीको आचारसंहिता दुवै यसमा लागू हुने हुँदा खेलाडी, टिमधनी तथा सबै सरोकारवालाहरूले थप जिम्मेवार र सतर्क हुनुपर्नेछ”, सचिव खड्काले भन्नुभयो ।

उहाँका अनुसार आइसिसीको प्रावधानअनुसार प्रतियोगिता सुरु हुनुभन्दा अघिल्लो छ महिनाको अवधिमा गैरकानुनी वा सम्बन्धित निकायबाट स्वीकृति नलिएको क्रिकेट प्रतियोगिता खेलेका खेलाडी एनपीएलमा सहभागी हुन पाउने छैनन् । अन्तरराष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका विदेशी खेलाडीले समेत सम्बन्धित क्रिकेट बोर्डबाट एनओसी लिनुपर्ने व्यवस्था छ ।

“अन्तरराष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका विदेशी खेलाडीले एनपिएल खेल्नका लागि आ–आफ्नो देशको क्रिकेट बोर्डबाट अनिवार्य रूपमा एनओसी लिनुपर्नेछ । आइसिसी वा सम्बन्धित क्रिकेट बोर्डबाट स्वीकृति नलिएका प्रतियोगिताहरू एनपिएल सुरु हुनुभन्दा अघिल्लो छ महिनाको अवधिमा खेलेका खेलाडीहरू यसपटकको एनपिएलमा खेल्न योग्य हुने छैनन्”, सचिव खड्काले भन्नुभयो ।

यस प्रतियोगिताको तेस्रो संस्करण सकिएलगत्तै ६० दिनभित्र हामीले यसको समीक्षा प्रतिवेदन बुझाउनुपर्नेछ । विदेशी खेलाडीसम्बन्धी नियमः यसपटक प्रत्येक फ्रेन्चाइज टिमले कम्तीमा छ देखि बढीमा आठ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् । खेलमा सहभागी हुने अन्तिम ११ खेलाडीमा सात नेपाली र चार विदेशी खेलाडी अनिवार्य समावेश गर्नुपर्नेछ ।

एनपिएलमा निर्णय पुनरावलोकन प्रणाली (डिआरएस) लागू गर्ने विषयमा तयारी अन्तिम चरणमा पुगेको सचिव खड्काले जानकारी दिनुभयो । यसबारे केही दिनभित्र औपचारिक निर्णय सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।

“एनपिएलमा डिआरएस लागू गर्ने विषयमा छलफल भइरहेको छ । यसबारेमा सोमबारसम्ममा औपचारिक जानकारी दिइनेछ”, सचिव खड्काले भन्नुभयो । क्यानले आगामी नोभेम्बर १९ देखि २१ सम्म काठमाडौँमा आइसिसी एसिया सम्मेलन आयोजना गर्नेभएको छ ।

सम्मेलनमा एसियाका टेस्ट तथा एसोसिएट राष्ट्रका क्रिकेट सङ्घका अध्यक्ष, सचिव र प्रमुख कार्यकारी अधिकृत सहभागी हुने सचिव खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा एसियाली क्रिकेटको नीतिगत विकासका विषयमा छलफल हुनेछ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter