कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा संसदीय विशेष समितिको जोड

काठमाडौँ, कात्तिक ११ गते । संसदीय विशेष समितिले कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा जोड दिएको छ ।

बुधबार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठब बसेको थियो । उक्त बैठकमा आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागिता, जलवायु कूटनीति तथा राष्ट्रिय हितका विषयमा छलफल भएको छ ।

छलफलमा समितिका सभापति गणेश पराजुलीले कोप सम्मेलनमा नेपालको सहभागिता औपचारिक भ्रमणमा मात्र सीमित नभई ठोस उपलब्धि हासिल गर्ने गरी तयारी हुनुपर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय वार्ता तथा संवादमा सहभागी हुने प्रतिनिधिहरू विषयगत रूपमा सक्षम, आवश्यक तयारीसहित र नेपालको हित प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने हुनुपर्ने उनको धारणा थियो ।

बैठकमा सम्बन्धित मन्त्री, मन्त्रालयका सचिव तथा वातावरण महाशाखा प्रमुखसँग कोप–३१ मा नेपालले उठाउने विषयहरूबारे छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा तथा सम्माननीय सभामुखले अन्तर–संसदीय संघमा व्यक्त गरेका धारणालाई समेत ध्यानमा राखी नेपालको हितअनुकूल अन्तर्राष्ट्रिय वार्ता अघि बढाउनुपर्ने विषय उठाइएको छ ।

सभापति पराजुलीले सम्मेलनमा स्थापना गरिने नेपालको पेभिलियन तथा प्रस्तुत गरिने वृत्तचित्रमार्फत हालैका बाढीपहिरो र जलवायुजन्य विपद्बाट भएका क्षति प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताए ।

साथै, विपद्बाट भएको क्षति मात्र नभई नेपाल सुरक्षित र पर्यटनका लागि उपयुक्त गन्तव्य रहेको सकारात्मक सन्देशसमेत अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउनुपर्ने विषयमा विशेष जोड दिए ।

बैठकमा समितिका १५ सदस्यलाई नौवटा विषयगत क्षेत्र समेट्ने गरी पाँच समूहमा विभाजन गर्ने विषयमा समेत छलफल भएको छ । प्रत्येक समूहमा तीन जना सदस्य रहने प्रस्तावसहित सदस्यहरूको रुचि तथा विषयगत क्षमताका आधारमा जिम्मेवारी निर्धारण गर्ने विषयमा थप छलफल गरिने भएको छ।

समितिले कोप–३१ मा नेपालको सहभागितालाई जलवायु न्याय, विपद्बाट भएको हानि–नोक्सानी तथा राष्ट्रिय हितका सवालमा परिणाममुखी बनाउने आवश्यकतामा जोड दिएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter