सुकुम्बासी समस्याको हल गर्छौं : मन्त्री रावल

बिर्तामोड, कार्तिक १६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सुकुम्वासी र लालपुर्जाको विषयलाई चुनावी एजेण्डा नबनाउनेगरी सरकारले काम थालेको बताउनुभएको छ ।

सोमबार झापाको कनकाई नगरपालिका – ७ स्थित सुकुम्बासी बस्तीको अवलोकनपछि आयोजित कार्यक्रममा बोल्नुहुँदै मन्त्री रावलले रास्वपा सरकारले त झन् यसलाई एजेण्डा कुनै हालतमा नबनाउने भन्दै अन्य दल समेतले सुकुम्बासी अव्यवस्थित बसोबासी र भुमिहिन दलितका कुनैपनि जमिनसम्बन्धी नारालाई चुनावी नारा बन्न नदिनेगरी सबै समस्या चाँडोभन्दा चाँडो हल गर्ने बताउनुभयो । नयाँ सरकार बन्दा पनि प्रधानमन्त्रीले धनीपुर्जाको समस्या समाधानका लागि एक हजार दिनको समयसीमा तोकेको भएपनि त्योभन्दा पहिलेनै समस्या समाधान गर्नेगरी सरकारले तयारी थालिसकेको उहाँको भनाइ छ ।

मन्त्री रावलले आवश्यक सबै कानुनहरु अध्यायदेशमार्फत ल्याइसकेको र आवश्यक परेमा पुनः कानुन परिमार्जन गर्नका लागिसमेत सरकार तयार रहेकोे बताउनुभयो । यसअगाडिका धेरै सरकारले आश्वासन मात्रै दिनेगरेको भन्ने जनतामा गुनासो रहेको भन्दै यो सरकारले काम गरेरै छाडने प्रष्ट पार्नुभयो । यसैबिच मन्त्री रावलले लामो समयदेखि अड्किएर बसेको रेलमार्गका जग्गाधनीहरुका लागि समेत सरकारले सकेसम्म चाँडै मुआब्जा वितरणको कामलाई समेत तीव्रता दिने बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुदै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले धनीपुर्जा वितरणका कतिपय नीतिगत समस्याहरु सरकारले अध्यायदेशमार्फत खोलेका कारण अब काममा कुनै बाधा व्यवधान नरहेको बताउँनुभयो । सरकारले बनाएरको जिल्लास्तरीय धनीपुर्जा वितरण समितिको संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी पोखरेलले धनीपुर्जा वितरणका लागि लागि अब जग्गा दर्ता प्रक्रिया तीव्र बनेर जाने बताउनुभयो । यता रेलवेका लागि सरकारले पुर्वपश्चिम सर्वे गरेर केही जग्गाहरु रोक्का राखेको तर मुआब्जा दिएर निर्माण प्रक्रिया सुरु नगरेका कारण समस्या रहेको र यस समस्यालाई केन्द्र सरकारमा पुनः पठाइएको उल्लेख गर्नुभयो ।

यता कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सरकार चाँडो अध्यादेशमार्फत भूमि ऐन नल्याउँदा नगरपालिका क्षेत्रमा ७ हजारभन्दा बढी जग्गा धनीपुर्जाको निस्सा वितरण गरेर पनि धनीपुर्जा वितरण गर्न नसकेको बताउनुभयो । अहिलेको सरकारले ल्याएका अध्यादेशबाट अब भने जनतालाई धनीपुर्जा वितरणको काम गर्न सक्ने वातावरण बनेको नगरप्रमुख पोखरेलको भनाइ थियो ।

कार्यक्रममा कनकाई नगरपालिका ७ का वडाअध्यक्ष भीष्मभुषण सिटौला, ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली लगायातले जग्गाधनीपुर्जाको समस्याका बारेमा जानकारी गराउनुभयो ।

मन्त्री रावलले सोमबार नै झापाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र कार्यालय प्रमुखहरुलाई भेटेर झापामा जग्गाधनीपुर्जा वितरणको विलम्ब हुनेबारेमा सचेत गराउनुभएको छ । ‘सरकारले जनतालाई धनीपुुर्जा वितरणका लागि कस्तो र कति छिटो कानुन बनाउनुपर्छ त्यो सबै गर्न तयार छ तर तपाईहरुपनि तयार रहनुपर्छ’ मन्त्री रावलले भन्नुभयो । झापामा हालसम्म धनीपुर्जा वितरणको कार्यप्रगतिबारेमा मन्त्री रावलको गुनासो रहेको थियो ।

कार्यक्रममा झापा क्षेत्र नं. ३ का सांसद प्रकाश पाठक, ४ का सम्भु ढकाल, सांसद रमेश प्रसाई लगायतको सहभागिता रहेको थियो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter