स्वास्थ्य सेवा प्रवाहमा सुधार ल्याउन स्वास्थमन्त्री मेहताद्वारा अवलोकन

विजयकुमार साह / ढल्केबर, मङ्सिर १ गते । सङ्घीय सरकारका स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मङ्गलबार जनकपुरमा मधेश प्रदेश सरकारद्वारा सञ्चालित विभिन्न स्वास्थ्य निकायको अवलोकन गर्नुभएको छ । उहाँले जनकपुरस्थित प्रादेशिक अस्पताल, रक्तसञ्चार सेवा केन्द्र र औषधि आपूर्ति कार्यालयको अवलोकन गर्नुभएको हो ।

अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री मेहताले स्वास्थ्य क्षेत्रको सेवा प्रवाहमा सुधार ल्याउन अवलोकन गरिएको बताउनुभयो । प्रादेशिक अस्पतालमा सेवा प्रवाह र सरसफाइमा कमीकमजोरी देखिएको अस्पताल प्रशासनसँग यस विषयमा छलफल भएको जानकारी भयो । मन्त्री मेहताले अस्पतालको सेवा सुधारका लागि सङ्घीय सरकारका तर्फबाट आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अस्पताल व्यवस्थापनले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने जानकारी दिनुभयो ।

यसैगरी, अस्पतालको सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर सेवा विस्तारको तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार हाल अस्पतालमा १० वटा आईसीयू शैय्या सञ्चालनमा छन् भने थप २० वटा शैय्या विस्तार गर्ने तयारी भइरहेको छ । सेवा विस्तार भएपछि गम्भीर प्रकृतिका बिरामीको उपचारमा सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

अस्पतालमा उपचारका क्रममा स्वास्थ्यकर्मीमाथि हुने हातपात तथा दुव्र्यवहारका घटनाबारे उठेको प्रश्नमा मन्त्री मेहताले स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुनमा सुधार गर्न प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐन निर्माणको विषय सदनसम्म पुगिसकेको उल्लेख गर्दै उहाँले कानुन निर्माण भएपछि स्वास्थ्यकर्मीमाथि हुने दुव्र्यवहार रोकिने बताउनुभयो ।

प्रादेशिक अस्पताल जनकपुरका निर्देशक जामुनप्रसाद सिंहले मन्त्री मेहताले प्रादेशिक अस्पतालको आकस्मिक कक्ष, प्रसूति कक्ष र प्रयोगशालाको अवलोकन गर्नुभएको बताउनुभयो । उहाँले अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालन गर्ने विषयमा समेत छलफल भएको बताउँदैे अस्पताल परिसरभित्र इन्डोर भवन निर्माणका लागि प्रस्ताव गरिएको जानकारी दिनुभयो । अवलोकनका क्रममा मन्त्री मेहतासँगै धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य राजकिशोर महतोको समेत सहभागिता रहेको थियो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter