विदेशमा एमडी र एमएस गरेका चिकित्सकलाई क्लिनिकल अभ्यासको अवसर

काठमाडौँ, मङ्सिर ५ गते । चिकित्सा शिक्षा आयोगले विदेशमा एमडी र एमएस अध्ययन गरेका चिकित्सकलाई बाँकी अवधि नेपालमै क्लिनिकल अभ्यास गरेर पूरा गर्ने व्यवस्था गरेको छ।

आयोगले नेपाल मेडिकल काउन्सिलको नामदर्ता परीक्षामा सहभागी हुन नपाएका त्यस्ता चिकित्सकको समस्या सम्बोधन गर्दै सम्बन्धित विश्वविद्यालय वा नेपालका शिक्षण संस्थामा आवासीय चिकित्सक (रेसिडेन्ट डाक्टर) का रुपमा अभ्यास गर्ने अवसर उपलब्ध गराउने निर्णय गरेको हो।

चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा देवेन्द्र खत्रीले विदेशमा एमडी र एमएस अध्ययन गरेका केही विद्यार्थीको अध्ययन अवधि नेपालको निर्धारित तीन वर्षभन्दा केही महिना कम देखिएको जानकारी दिदै यसैकारण उनीहरुले नेपाल मेडिकल काउन्सिलको नामदर्ता परीक्षाका लागि आवेदन दिँदा स्वीकृति पाउन नसकेको बताउनुभयो ।

उहाँले त्यस्ता विद्यार्थीबाट प्राप्त निवेदनका आधारमा चिकित्सा शिक्षा आयोग, वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन समितिका पदाधिकारी तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष, रजिस्ट्रारलगायत पदाधिकारीबिच भएको संयुक्त बैठकले यस्तो निर्णय गरेको जानकारी दिनुभयो ।

निर्णयअनुसार अध्ययन अवधि नपुगेका विद्यार्थीले अपुग समय बराबरको आवासीय चिकित्सकका रूपमा क्लिनिकल अभ्यास गर्नुपर्नेछ। त्यसका लागि सम्बन्धित विद्यार्थीबाट कबुलियतनामा गराइनेछ। कबुलियतनामा गरेपछि उनीहरूलाई नेपाल मेडिकल काउन्सिलको नामदर्ता परीक्षामा सहभागी हुन दिइनेछ।

उहाँले अपुग अध्ययन अवधिबराबरको क्लिनिकल अभ्यास पूरा गरेपछि मात्र नामदर्ता परीक्षाको प्रमाणपत्र जारी गरिने बताउनुभयो ।

आयोगले अबदेखि एमबीबीएस तथा बीडीएसमा साढे पाँच वर्षभन्दा कम र एमडी र एमएस तथा एमडीएसमा तीन वर्षभन्दा कम अध्ययन अवधि भएका व्यक्तिलाई वैदेशिक अध्ययन अनुमतिपत्र (इलिजिबिलिटी लेटर) जारी नगर्ने निर्णयसमेत गरेको छ। त्यस्ता विद्यार्थीलाई नामदर्ता परीक्षामा समेत सहभागी गराइने छैन ।

आयोगको यो निर्णयले विदेशमा स्नातकोत्तर चिकित्सा शिक्षा अध्ययन गरेका तर अध्ययन अवधि केही महिना कम भएका चिकित्सकको नामदर्ता परीक्षासम्बन्धी समस्या सम्बोधन गर्ने बाटो खोलेको छ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter