बाढीबाट क्षतिग्रस्त स्थानीय तह सञ्चालन गर्न सुझाव

नगेन्द्र सापकोटा / काठमाडौँ, भदौ २३ गते । भदौ १० गते रसुुवाको भोटेकोशीमा आएको बाढीबाट रसुवा र नुुवाकोटको स्थानीय तह र तिनका वडा कार्यालयको कामलाई पुनस्र्थापित गरी सेवा सुरु गर्न ढिलाइ गर्न नहुने माग हुन थालेको छ ।

सरकारले उक्त स्थानीय तह र वडा कार्यालयको कामलाई पुुनस्र्थापित गर्दै नागरिकका अत्यावश्यक सेवालाई पुनः सञ्चालनमा ल्याई बाढीपीडित नागरिकको उद्धार, राहत, पुनस्र्थापितमा अझ सक्रिय भएर लाग्नुपर्ने सुझाव आउन थालेको छ ।भूूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उत्तरगया र गोसाइँकुुण्ड गाउँपालिकाका कतिपय वडा कार्यालयको प्रशासनिक भवन नै बाढीले बगाएकाले उक्त गाउँपालिकाको अस्थायी रूपमा सेवा सञ्चालन गर्ने गरी मन्त्रालयले छलफल अगाडि बढाएको जनाएको छ ।

मन्त्रालयका सहसचिव प्रकाश दाहालका अनुसार दुई स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सेवा सञ्चालन गर्न अप्ठ्यारो छैन । ती स्थानीय तहमा प्रारम्भिक सेवा सञ्चालनका लागि चाहिने न्यूूनतम सामग्रीबारे सम्बन्धित गाउँपालिकासँग माग गरिएको अब एक सातामा सेवा सुुचारु गर्ने गरी मन्त्रालयले समन्वय गरिरहेको स्पष्ट पार्नुुभयो । रसुवाको उत्तरगया गाउँपालिकाको प्रशासनिक भवनसहित वडा नं. १, २ र ३ का वडा कार्यालय र गोसाइँकुुण्ड गाउँपालिकाको प्रशासनिक भवनसहित वडा नंं. १ देखि ५ सम्मका वडा कार्यालय पूर्ण रूपमा क्षति भई सेवा बन्द भएको उक्त गाउँपालिकाले जनाएका छन् ।

त्यस्तै रसुवाको आमाछोदिङ्मो गाउँपालिका, नुुवाकोटको विदुुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किप्पाङ गाउँपालिका, लिखुु, तारकेश्वर गाउँपालिका र तिनका कतिपय वडा कार्यालयमा समेत बाढीले आंशिक क्षति पुु-याएको छ । साबिकका जिल्ला विकास समिति महासङ्घ नेपालका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बाढी प्रभावित क्षेत्रमा स्थानीय तह र वडा कार्यालयको सेवा पुुनः सञ्चालनका लागि ढिलो भइसकेको भन्दै तत्काल स्थानीय सेवा सञ्चालन सुुचारु गर्नुुपर्ने आवश्यकता औँल्याउनुुभयो ।

२०७२ सालमा भूकम्प जाँदा पनि साबिकका कतिपय गाउँ विकास समिति, नगरपालिकाकाको भवन क्षति हुँदा तत्काल टेन्ट राखेर सेवा सुुचारु गरिएको थियो । उहाँले भन्नुभयो, “सेवाग्राहीको काम धेरै दिन रोक्नुु हुँदैन । उद्धार, राहत र पुुनस्र्थापित गर्ने कार्यमा अग्रभागमा नै स्थानीय तहका जनप्रतिनिधि देखिनुु पर्छ । तसर्थ अब उक्त गाउँपालिका वडाको सेवा सञ्चालन गर्न अब ढिलो गर्नु हुँदैन ।”

स्थानीय तह र वडा कार्यालयबाट नागरिकको दैनिक अत्यावश्यक पर्ने जन्म, मृत्युु, विवाहदर्ता, बसाइँसराइ, नागरिकता तथा राहदानीको सिफारिस, घरजग्गासम्बन्धी सिफारिस, नाता प्रमाणित, आर्थिकसम्बन्धी सिफारिस, विकासनिर्माण र सेवा प्रवाहलगायतका अत्यावश्यक काम हुुन्छन् ।

वैकल्पिक उपाय

क्षतिग्रस्त कार्यालयको सट्टा विद्यालय, सामुदायिक भवन वडा कार्यालयबाट अस्थायी रूपमा तत्काल सेवा सञ्चालन गर्न सकिने सुुझाव उहाँको छ । सापकोटाका अनुसार गाउँपालिका र नगरपालिकाको केन्द्रको काम केही समयका लागि बाढीबाट बचेका वडाबाट सञ्चालन गर्ने, साथै केही सेवा अनलाइन वा मोबाइलमार्फत सञ्चालन गरी डिजिटल सेवा सुुचारु गर्न सकिने विकल्प छन् । अन्तस्र्थानीय तह सहकार्य गर्न सकिने उहाँले सुझाव दिनुभयो ।

उत्तरगया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेतीले अहिले बाढीले गाउँपालिकाको प्रशासनिक भवन र तीन वटा विद्यालय, स्वास्थ्य चौकी, पशुसेवा कार्यालय, कृषि कार्यालयलगायतको सेवा ठप्प रहेको बताउनुुभयो । गाउँपालिकामा विद्युत् सेवा र बैङ्किङ सेवा पूर्ण रूपमा ठप्प छन् । कार्यालय र बैङ्क नचलेका कारण पीडितलाई तत्काल नगद राहत दिन सक्ने अवस्था नभएको गुनासो गाउँपालिकाले गरेको छ । गाउँपालिकाकै पाँच जना कर्मचारीसमेत बेपत्ता भएका छन् । जसमध्ये एक जनाको मात्र शव फेला परेको उप्रेतीले बताउनुुभयो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter