रसुवागढीबाट चिनियाँ सामग्री भित्रिने क्रम बढ्यो

Rasuwa

 

धुन्चे (रसुवा), १५ मङ्सिर । उत्तरी नाका रसुवागढी भई चीनबाट नेपाल भित्रने सामग्रीको परिणाम दिनानुदिन बढ्दै गएको छ ।

रसुवा भन्सार कार्यालय, टिमुरेका अनुसार सयौँ कन्टेनर केरुङबाट फर्की भन्सार परीक्षणका लागि लाइनमा बसिसकेका छन् भने आयातित सामानमा इलेक्ट्रिक तथा तयारी कपडालगायत छन् ।

भूकम्पपछि बन्द रहेको नाका गत असोज २९ गतेदेखि सञ्चालनमा आएपछि पेट्रोलियम पदार्थबाहेक सोमबार साँझसम्म रु एक करोड ७७ लाख ६३ हजार राजस्व उठिसकेको भन्सार अधिकृत फणिन्द्र अर्यालले जानकारी दिनुभयो ।

मितेरी पुलबाट रसुवाका नागरिकबाहेक अन्य नागरिकलाई केरुङ जान नदिएको,  रसुवाका सवारी चालकले केरुङ पुगी कन्टेनर ल्याउन जनशक्ति नपुगेको,  मालधनी समेत जान नपाउँदा आफूले मगाएको सामान एकसाथ नेपाल भित्रिन नपाएकाले कूटनीतिक पहलबाट एक दिने पास उपलब्ध गराइदिन सरकारसँग आग्रह गरिएको पासाङ ल्हामु कन्टेनर सङ्घका उपाध्यक्ष शशी अधिकारीले जानकारी दिनुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter