दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिता सुरु
December 17, 2015 | 8:44 pm    
बेलौरी (कञ्चनपुर), २ पुस । कञ्चनपुरका दृष्टिविहीन महिलाका लागि क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ ।
दृष्टिविहीन क्रिकेट सङ्घ र सुदूरपश्चिम सामुदायिक दृष्टिविहीन सङ्घ नेपालको आयोजनामा आजदेखि कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट प्रतियोगिता सुरु भएको हो । उक्त प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा भूषण श्रेष्ठले गर्नुभयो ।
सुदूरपश्चिम सामुदायिक दृष्टिविहीन सङ्घ नेपालका अध्यक्ष बलराम पन्तले दृष्टिविहीन महिलाको हौसला र क्षमता विकासका लागि उक्त प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगितमा कञ्चनपुर दृष्टिविहीन क्रिकेट सङ्घ र कैलाली दृष्टिविहीन क्रिकेट सङ्घका महिलाबीच प्रतियोगिता हुनेछ । विजेता टिमलाई प्रमाणपत्रका साथै सिल्ड प्रदान गरिनेछ । आँखाका अपाङ्गता भएका महिलालाई सिकाउने उद्देश्य भएकाले हारजितभन्दा पनि उनीहरुको विकास मुख्य पक्ष रहनेछ । प्रतियोगिता महेन्द्रनगरको कबर्डहलमा भइरहेको छ । रासस