खोलियो धरहरा पुनःनिर्माणको खाता

IMG_1600

 

काठमाडौँ, । ‘मै बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत धरहरा पुनःनिर्माण कोषको आज राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको छ ।

थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १४३०००१९८००१ नम्बरको खाता खोलेको हो ।

खातामा प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनामा पाउने पारिश्रमिक रु ६१ हजार ८२० जम्मा भएको प्राधिकरणका कामु सचिव मधुसुदन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले सबैभन्दा पहिल रकम जम्मा गर्नुभएको छ ।

मङ्गलबार सुन्धारास्थित धरहरा परिसरमा आयोजित ऐतिहासिक धरोहर पुनःनिर्माण राष्ट्रिय सङ्कल्पको औपचारिक रुपमा प्रधानमन्त्री ओलीले सुरुवात गर्नुभएको थियो ।

सोही कार्यक्रममै धरहरा निर्माण जनताको खर्चबाट बनाउने उद्घोष गर्दै धरहराको पुनःनिर्माणका लागि आफूले एक महिनाको पारिश्रमिक दिने घोषणा गर्नुभएको थियो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter