उच्च माविमा पनि अक्षराङ्क पद्धति लागू हुने

 hseb

 

काठमाडौँ, ११ फागुन । उच्च माध्यमिक शिक्षा परिषद्ले उच्च माध्यमिक तहमा अक्षराङ्क पद्धति (लेटर ग्रेडिङ्) लागू गर्ने निर्णय गरेको छ ।

आगामी शैक्षिक वर्षदेखि कक्षा ११ र १२ का विद्यार्थीको परीक्षा अक्षराङ्क पद्धतिबाट हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

राष्ट्रिय पाठ्यक्रम प्रारुप तथा मूल्याङ्कन परिषद्को यही मङ्सिर २३ गतेको बैठकले गरेको निर्णयअनुसार प्रवेशिका परीक्षाका साथै उच्च माध्यमिक तह र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले समेत अक्षराङ्क पद्धति लागू गर्ने नीति अनुरुप उक्त पद्धति लागू गर्न लागेको हो ।

परिषद्का उपाध्यक्ष चैतन्य शर्माले उच्चमावि तहमा पनि अक्षराङ्क पद्धति लागू गर्ने नीतिगत निर्णय भएको जानकारी दिनुभयो ।
यसैगरी आगामी शैक्षिक वर्षदेखि नै उच्चमावि तहमा दूर÷खुल्ला शिक्षा पद्धति लागू गर्न यसको व्यवहारिक, अन्तरवस्तु र कार्यविधि तयार गर्न शिक्षा विभागका महानिर्देशक खगराज बरालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदलसमेत गठन गरिएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter