सेनाले सामूहिक आवास निर्माण गर्ने

 nepal army

त्रिशूली(नुवाकोट), १३ जेठ । भूकम्पबाट प्रभावित नुवाकोटमा निर्माण हुने १० सामूहिक आवासमध्ये सात स्थानमा सामूहिक आवास निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ ।
तीन स्थानमा भने सहरी तथा भवन निर्माण डिभिजन कार्यालयले निर्माण गर्न थालिसकेको छ । सदरमुकाम विदुरमा प्रजिअ विष्णुप्रसाद पोखरेलका अध्यक्षतामा बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले सामूहिक आवास निर्माणको जिम्मा नेपाली सेनाको श्रीनाथ गण देवीघाटलाई दिने निर्णय गरेको हो । सहरी विकास मन्त्रालय मार्फत निर्माण हुन लागेको सामूहिक आवास निर्माणको जिम्मा समितिले सेनालाई दिने निर्णय गरेको हो ।
ओखरपौवाको कागतीगाउँ, थानसिं गाविसको छहरेबजार आसपास, बेतिनी गाविसको झगरेफाँट दोभान वा राउतबेंसी गाविसको मानेडाँडा, शिखरबेंसी गाविसको ठूलीखेत दुप्चेश्वर जाने बाटो, काहुले गाविसको वडा नंं ४ गुम्बुडाँडा, बुधसिं गाविस वडा नं ४ को चण्डी माविको पुरानो परिसर र बसुन्चेत गाविसको मेघाङचौरमा सामूहिक आवास निर्माण गर्न लागिएको हो ।
प्रजिअ पोखरेलका अनुसार जिल्लाका बाँकी तीन स्थानमा सहरी विकास मन्त्रालय अन्र्तगतको जिल्लास्तरीय कार्यक्रम समन्वय एकाइ मार्फत सामूहिक आवास निर्माणको प्रक्रिया अघि बढिसकेको छ ।
सेनाले निर्माण गर्ने सामूहिक आवास भवन निर्माणका लागि आवश्यक जग्गा पहिचानका लागि श्रीनाथ गणसहित भवन डिभिजन कार्यालय र मालपोत कार्यालयको समन्वयमा अवलोकन र जाँच निरीक्षण गर्नेसमेत निर्णय गरिएको छ । आउँदो बर्खालाई ध्यानमा राख्दै बैठकले विपद्पूर्व तयारीका लागि गत वर्ष प्राप्त सामग्रीको विवरण तयार पार्ने र आवश्यक पूर्वतयारी गर्ने समेत निर्णय गरिएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter