पत्रकारिताको गुणात्मक विकास आवश्यक : राष्ट्रपति

Press Council Awardकाठमाडौँ, असोज ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक व्यवस्थापछि पत्रकारिता क्षेत्रमा संख्यात्मकसँगै गुणात्मक विकास आवश्यक पर्ने बताउनुभएको छ । उहाँले अब हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै गणतन्त्रलाई सुदृढ र राष्ट्रियतालाई एकताबद्ध बनाउने सकारात्मक वातावरण खेल्न पनि सञ्चार क्षेत्रलाई आह्वान गर्नुभयो ।
प्रेस काउन्सिल नेपालको ४८औँ वार्षिकोत्सवका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित पुरस्कार वितरण समारोहमा उहाँले नेपाली प्रेसले पाएको अधिकार र उपलब्धिलाई सकारात्मक रुपमा सदुपयोग गरिनुपर्नेमा पनि जोड दिनुभयो । सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यम जिम्मेवार नभएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “अधिकारको दुरुपयोग गर्दा नकारात्मक परिणाम आउँछ, समाजमा स्वच्छन्दता र अराजकता उत्पन्न हुन्छ ।”

राष्ट्रपति भण्डारीले छिटो समाचार दिने नाममा वास्तविकता भुलेर सामग्री प्रस्तुत भएमा पत्रकारिताको विश्वसनीयता, सत्य, तथ्य र सन्तुलन गुम्ने जनाउँदै राज्यका तीन अङ्गलाई निगरानी र सन्तुलनमा राख्ने प्रेसको जिम्मेवारी र उत्तरदायित्वलाई सामाजिक न्यायपूर्ण समाज स्थापनाको लक्ष्यका साथ पूरा गरिनुपर्ने बताउनुभयो ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकार अराजक भएमा पेशा नै बदनाम हुने भएकाले प्रेस पास र अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग हुन नहुनेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिताले स्वनियमनमा रहनुपर्ने भन्दै पत्रकार आचारसंहिताबारे जागरण अभियान सञ्चालन गरिने बताउनुभयो ।

पुरस्कार प्रदान

समारोहमा काउन्सिलका विभिन्न वार्षिकमध्ये ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ पत्रकार बालकृष्ण चापागाईं र ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरियो । दुवै पुरस्कारको राशि जनही रु एक लाख पाँच हजार छ । रु २५ हजार राशिको ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ सप्तकोशी एफएम रेडियो (सुनसरी)लाई दिइयो ।

यस्तै ‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ पत्रकारद्वय हरिहर खनाल (चितवन) र वियोगी बुढाथोकी (काठमाडौँ)लाई प्रदान गरिनेछ । काउन्सिलले यस वर्षको ‘प्रेस काउन्सिल स्तम्भ लेखन पत्रकारिता पुरस्कार’ पत्रकार मुरलीप्रसाद यादव (सप्तरी)लाई प्रदान भयो ।

‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ पत्रकार विणा सिन्हा (काठमाडौँ)लाई प्रदान गरियो । ‘प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार’ पत्रकार इन्दिरा अर्याल (बुटवल), कमल पन्थी (काठमाडौँ), टीका विष्ट (सुर्खेत), कोपिला कँडेल (बाग्लुङ) र अञ्जली थापा (मकवानपुर)लाई प्रदान गरियो ।

‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार’ पत्रकार ओमप्रसाद घायल (पर्वत), रामकुमारी (रूबी) श्रेष्ठ (ललितपुर), राधेश्याम पट्टेल (पर्सा), रामचन्द्र चौधरी (कञ्चनपुर) र नमनकुमार शाही (दैलेख)लाई प्रदान गरियो ।

त्यसैगरी ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ दण्ड गुरुङ (काठमाडौँ), मानसिंह विक (रोल्पा), रविन थपलिया (काठमाडौँ), अनिलकुमार कर्ण (काठमाडौँ), मदन ठाकुर (रौतहट), सन्तोष रुचाल (धनकुटा), महेशकुमार चौधरी (सुनसरी) र विजेता चौधरी (काठमाडौँ)ले पाउनुभयो ।

‘प्रेस काउन्सिल युवा सशक्तीकरण पत्रकारिता पुरस्कार’ विभिन्न जिल्लाबाट छ, ‘प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार’ पाँच र ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ तीनजना पत्रकारलाई प्रदान गरियो । पुरस्कारको राशि जनही रु १० हजार छ ।  काउन्सिलका पूर्वअध्यक्षहरुको सम्मान र दीर्घसेवी तथा उत्कृष्ट कर्मचारीलाई पनि पुरस्कृत गरियो ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter