२४ माघमा राष्ट्रियसभा निर्वाचन
काठमाडौँ, पुस २१ गते । राजनीतिक दलहरुबीच निकै लामो रस्साकस्सी र बिबाद रहेको राष्ट्रिय सभाको निर्वाचन आगामी २४ माघमा हुने भएको छ ।
वालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
बैठकले सत्यनिरुपण मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद एक/एक वर्ष थप गरेको बाणिज्य मन्त्री मिन विश्वकर्माले जानकारी दिए ।
बैठकले प्रदेश प्रमुख र प्रादेशिक अस्थायी राजधानीबारे कुनै निर्णय गरेको छैन ।