सुनौलो हजार दिनका आमालाई तरकारीको बिउ र बाल्टी वितरण
सिमकोट चैत्र २२ गते । सुनौलो हजार दिनका आमाहरुलार्ई तरकारीको बिउ तथा धारा जडित बाल्टी निशुल्क रुपमा वितरण गरिएको छ । महिला तथा बालबालिकाहरुको पोषणमा सुधार ल्याउन र शुद्ध खानेपानी पिउनका लागि उक्त सामाग्रीहरु वितरण गरेको हो ।
सुनौलो हजार दिनमा सुत्केरी तथा गर्भवती महिला बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन, पोषण तत्व युक्त तरकारी खेती गर्न र शुद्ध खानेपानीको प्रयोगका लागि वडामा भएका सबै सुनौलो हजार दिनका महिलाहरुलाई तरकारी र धारा जडित बाल्टी निशुल्क प्रदान गरिएको सिमकोट गाउँपालिका कृषि शाखाका संयोजक ध्रुवराज सिंहले बताउनु भयो । यसबाट एक दर्जन महिलाहरु लाभान्वित हुनु भएको उहाँले बताउनु भयो ।
विभिन्न किसिमका पोषण तत्व पाईने तरकारीका बिउ र धारा जडित बाल्टी पाएपछि सुनौलो हजार दिनका महिलाहरुलाई ठुलो स्वास्थ्य सुधारमा सहयोग पुग्ने स्थानीय महिला ललिता लामाले बताउनु भयो । उक्त वडामा वडा स्तरीय पोषण सुरक्षा तथा खाद्य सुरक्षा समिति पनि गठन गरिएको छ ।