अम्रिसोको बिरुवा बेचेरै मनग्य आम्दानी

सिन्धुली, जेठ २७ गते । गोलान्जोर गाउँपालिका–५ धुरेडाँडा निवासी कृषक हरिशरण बस्नेत यतिबेला अम्रिसोको बिरुवा खन्ने र बेच्ने तरखरमा हुनुहुन्छ । उहाँको खेतबारीमा ६० हजारभन्दा बढीे बिरुवा छन् । बिरुवा बिक्री गरेर गत वर्ष तीन लाख रुपियाँभन्दा बढी आम्दानी लिनुभएका कृषक बस्नेतले यो वर्ष भने चार लाख रुपियाँभन्दा माथि नै आम्दानी लिने सोच बनाउनुभएको छ । अम्रिसोखेती गर्नेलाई बिरुवा सार्ने र हुर्काउने उपयुक्त मौसम भएकाले बिरुवा बिक्री पनि यति बेलै गर्नुपर्ने बस्नेतलाई चटारो छ ।

राम्रो कमाइ हुने भएकाले धान र मकै रोप्न छाडेर ४० रोपनी जति जमिनमा व्यावसायिक रूपमा नै अम्रिसोखेती गर्दै आएको छु, उहाँले भन्नुभयो, गत वर्षभन्दा अघिल्लो वर्ष चार लाख ६५ हजार रुपियाँ जति आम्दानी लिएको थिए । बिरुवा, कुचो र घाँस बिक्री गरी अम्रिसोखेतीबाट आम्दानी लिन सकिन्छ ।

सोही ठाउँका कृषक चन्द्रबहादुर बस्नेतले पनि झण्डै ७० रोपनी जमिनमा अम्रिसो खेती गर्दै आउनुभएको छ । उहाँ पनि यतिखेर अम्रिसोको बिरुवा बिक्री गर्न बजारको खोजीमा हुनुहुन्छ । उहाँको पनि एक लाखभन्दा बढी नै अम्रिसोको बिरुवा छ । वर्षाको मौसममा अम्रिसोको बिरुवा सार्ने र हुर्काउने उपयुक्त सिजन भएकाले जिल्लाबाहिरबाट अम्रिसोको बिरुवा माग भई बिक्री हुने उहाँले बताउनुभयो ।

यो वर्ष पनि दुई लाख रुपियाँ जति बिरुवाको माग भइसकेको छ, गाउँका सबै मिलेर बिक्री गर्दछौँ, उहाँले भन्नुभयो, एउटा बिरुवाको दुई रुपियाँका दरले बिक्री हुँदै आएको छ ।’

रतनचुरामा गठन भएको कबुलियती वन समूह सञ्जालका पूर्वअध्यक्ष कृषक प्रकाश लुङ्गेलीका अनुसार महाभारत क्षेत्रअन्तर्गत पर्ने यस ठाउँमा सबैभन्दा बढी अम्रिसो पाइन्छ । यहाँका सौर्यडाँडा, आहालडाँडा, सहनशील, गौरीशङ्कर, पानीघाट, आहरडाँडालगायतका कबुलियती वन समूहमा गरी यस वर्ष झण्डै पचास लाख रुपियाँ बराबरको अम्रिसोको बिरुवा बिक्रीका लागि तयारी अवस्थामा रहेको छ । उहाँले राम्रो आम्दानी हुने भएकाले यहाँका कृषकले कबुलियती वनबाहेक धान, मकै मासेर पनि खेतबारीमा व्यावसायिक रूपमै अम्रिसोखेती गर्दै आएको बताउनुभयो ।

उहाँका अनुसार यहाँका कबुलियती वनबाट २० लाखवटासम्म गुणस्तरीय बिरुवा बेच्न सकिन्छ । रतनचुरामा समूह र निजी गरी झण्डै एक हजार छ सय रोपनीमा अम्रिसोखेती गरिएको छ । यहाँ गठन भएका २५ वटा कबुलियती वन समूहमा ६२५ भन्दा बढी कृषक आबद्ध छन् ।

कृषकले रतनचुरामा उत्पादित अम्रिसोको बिरुवा र फूल जिल्लाभित्रै तथा विभिन्न सडक आयोजनाका साथै रामेछाप, काभ्रे, दोलखालगायतका जिल्लामा समेत पु¥याएर बिक्री गर्दै आएका छन् । घाँस भने समूहभित्रैका कृषकलाई बिक्री गर्ने गरिएको छ । यहाँको अम्रिसोखेतीका लागि डिभिजन वन कार्यालय तथा विभिन्न गैरसरकारी संस्थासमेत सहयोग रहेको छ ।

अम्रिसोखेतीकै कमाइले यहाँका कृषकले छोराछोरी पढाउनेदेखि लिएर घर खर्च टार्नुका साथै गुजरा चलाउँदै आएका स्थानीय बासिन्दाको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter