सामाजिक सुरक्षामा याेगदान दिनेलाई एक कराेडसम्म घरजग्गा ऋण दिने : श्रममन्त्री विष्ट

काठमाडौँ, कात्तिक २२ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई सरकारले बढिमा एक करोडसम्मको ऋण दिने तयारी भइरहेको बताएका छन् ।

सिंहदरबारमा शुक्रबार गैर सरकारी संस्था महासंघ, उपभोक्ता महासंघ, कर्मचारी संचय कोषलगायतका पदाधिकारीहरुसँगको सामूहिक छलफलमा उनले सामाजिक सुरक्षा कोषमा योगदान गर्नेहरुको मागलाई ध्यानमा राखेर सरकारले घरजग्गा वापत बढिमा १ करोड र शैक्षिक कर्जा बापत बढिमा ३५ लाख ऋण प्रवाह गर्ने छलफल भइरहेको बताए । उनले ऋण प्रवाहको विधि सामाजिक सुरक्षा कोषको अवधारणासँग मेल नखाए पनि विभिन्न निकायले दिएको सुझावको आधारमा सरकारले सो कोषमार्फत् ऋण प्रवाह गर्ने सोच अघि बढाएको बताए ।

मन्त्री विष्टले सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको स्विकार गर्दै त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिने बताएका छन् । कार्यक्रममा गैरसरकारी संस्था महासंघ, नेपालका अध्यक्ष जितराम लामाले सामाजिक सुरक्षा कार्यक्रम अनौपचारिक क्षेत्रमा काम गर्नेहरुका लागि अति उपयोगी भएको उल्लेख गर्दै त्यसको प्रचार अभियानमा जोड दिन सरकारलाई सुझाव दिए ।

अध्यक्ष लामाले अनौपचारिक क्षेत्रमा ३ महिना काम गरेर वर्ष दिनसम्म जीवन यापन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनीहरुको सेवा र सुविधाको उचित व्यवस्थापन हुने गरी सामाजिक सुरक्षाको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter