अख्तियारका कर्मचारी भ्रष्टाचार निवारण प्रशिक्षणमा सहभागी

काठमाडौं पुस २१ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले ‘ठगी, घूसखोरी र भ्रष्टाचार निवारण’ विषयमा प्रशिक्षण लिइरहेका छन् ।

भारत गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा आयोगका २१ जना कर्मचारीले प्रशिक्षण लिइरहेको नेपालस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सोमवारदेखि शुरु भएको छ दिने प्रशिक्षणबाट आयोगका कर्मचारीको क्षमता विकास हुने विश्वास लिएको दूतावासले जनाएको छ ।

नयाँ तथा उपयोगी विचारसहित अनुसन्धान कार्यलाई अघि बढाउन सो प्रशिक्षणले कर्मचारीलाई सक्षम बनाएको दूतावासको दावी छ । नेपाल सरकारको आग्रहमा आयोगका ४२ अधिकारीका लागी तयार पारिएकोे यो एक विशेष कोर्ष हो ।

नेपालमा भ्रष्टाचारका गतिविधिहरुमा अंकुश लगाउन एवम् सुशासन कायम राख्न यो कोर्षले आयोगको संस्थागत क्षमतालाई सुदृढ पार्नेछ । मुख्यतः भ्रष्टाचारका कारकहरुको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिहरुमा यो कोर्ष केन्द्रित रहेको दूतावासले जनाएको छ । यसअघि आयोगकै २१ जना कर्मचारीले मङ्सिर ३० गतेदेखि पुस ५ गतेसम्म प्रशिक्षण लिइसकेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter