पाण्डेको नाम सर्वसम्मतिबाट अनुमोदित

काठमाडौँ, चैत १० गते । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले चीनका लागि आवासीय र प्रजग कोरिया तथा मङ्गोलियाका लागि गैरआवासीय राजदूतमा प्रस्तावित महेन्द्रबहादुर पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिको सिंहदरबारमा आज बसेको बैठकले पूर्वपरराष्ट्रमन्त्री पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

समितिले पाण्डेविरुद्ध उजुरी आह्वानका लागि १० दिनको समय दिएको थियो । उक्त समय आज सकिएको हो । उहाँविरुद्ध कुनै पनि उजुरी नपरेपछि पाण्डेको नाम आजै सुनुवाइ गरिएको हो ।

गत फागुन १८ गतेको मन्त्रिपरिषद्को बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई पठाउने निर्णय गरेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter