निको हुने दर ९४.३२ प्रतिशत, एक हजार ५६ जना सङ्क्रमित
काठमाडौं, मङ्सिर २४ गते । नेपालमा केही दिनदेखि सङ्क्रमित निको हुने दर बढिरहेकाे छ । काेराेना भाइरसबाट निको हुने दर ९४.३२ प्रतिशतमा उक्लेकाे छ । पछिल्लाे चाैबीस चौबीस घण्टामा एक हजार ४८३ जना सङ्क्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित निको भएकाे जनाएका हुन् ।
हालसम्म दुई लाख ३० हजार ५३७ जना सङ्क्रमित निको भइसकेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ५६ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४४ हजार ४३३ पुगेको छ ।हाल १२ हजार २४५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार मन्त्रालयले हाल ५२५ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ६५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।