पाँच हजार ७०६ परीक्षण गर्दा ७८२ सङ्क्रमित

काठमाडौं, पुस ३ गते । नेपालमा कोरोनाभाइरसका ७८२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५२ हजार ४७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ७०६ जनाको आरटीपीसीआर परीक्षण गर्दा ७८२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । हालसम्म १८ लाख ६१ हजार ४३० जनाको पीसीआर परीक्षण गरिएको छ । हाल नौ हजार ३१७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १०२९ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ४१ हजार ३९२ जना निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोनाभाइरसबाट एक हजार ७६५ जनाको मृत्यु दत्र्ता गरिएको छ ।

मन्त्रालयले हाल नौ हजार ३१७ जना आईसोलेशनमा रहेको र ४२७ जना क्वारेन्टिनमा रहेको उल्लेख गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter