काेराेनाबाट १३ जनाकाे मृत्यु, ४९६ नयाँ सङ्क्रमित पहिचान

काठमाडौं, चैत्त ३० गते । नेपालमा कोरोना भाइरसका ४९६ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार ३७८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४९६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयको कोभिड १९ सम्बन्धी अद्यावधिक विवरणमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको जानकारी गराएको छ ।

पछिल्लो चौबीस घण्टामा १३८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार १६५ जना निको भइसकेका छन् । पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणले १३ ब्यक्तिको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ५३ जनाको मृत्यु भएको छ ।

हाल तीन हजार ३०६ जना आइसोलेशनमा र ८५ जना क्वारेन्टिनमा छन् । हालसम्म २३ लाख १७ हजार २८४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter